१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ६ सोमबार १९:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

माइला लामालाई अदालत पुर्‍याइयो, विप्लव अझै फरार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ६ सोमबार १९:३९:००

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा केन्द्रीय सदस्य माइला लामालाई प्रहरीले ललितपुर जिल्ला अदालतमा पुर्‍याएको छ । उनलाई शनिबार मध्यराति काठमाडौंस्थित काँडाघारीबाट पक्राउ परेका उनलाई सोमबार ललितपुर जिल्ला अदालत लगेको हो ।

यसअघि नै उनीविरूद्ध तीन वटा छुट्टाछुट्टै मुद्दा दर्ता भएको थियो । जिल्ला अदालतमा लामाविरूद्ध राज्यविरूद्धको अपराध, हातहतियार तथा खरखजना र कर्तव्य ज्यान मुद्दा दर्ता भएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । लामालाई एसएसपी थापाको टोलीले पक्राउ गरी महानगरीय प्रहरी परिसर ललितपुरलाई बुझाएको थियो । फरार रहेका उनलाई अदालतमा उपस्थित गराएको थापाले जानकारी दिए । यस्तै यो मुद्दामा नेकपा महासचिव विप्लवलाई पनि प्रतिवादी बनाइएको ललितपुर जिल्ला अदालतका श्रेस्तेदार नागेन्द्र कालाखेतीले जानकारी दिए ।

लामालाई ललितपुरस्थित नख्खु एनसेल कार्यालयमा भएको बम विस्फोट, वैदेशिक रोजगार व्यवसायी रोहन गुरुङको घरमा भएको बम विस्फोटलगायत पछिल्लो बम विस्फोटका घटनालाई आधार बनाई मुद्दा चलाइएको एसएसपी थापाले जानकारी दिए । लामाको बयान नसकिएपछि मंगलबार पनि हुने भएको छ । पार्टी कार्यकर्ता रेशम तामाङका बाबुको निधनपछि भेट्न काभ्रे पुगेर काठमाडौं झरेलगत्तै उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले काँडाघारीस्थित डोलेन्द्र भट्टराईको घरमा सुतिरहेकै अवस्थामा घेरा हाली लामालाई पक्राउ गरेको थियो । उपत्यका ब्युरो इन्चार्जसमेत रहेका लामा पक्राउ पर्नेमा पार्टीको तेस्रो शीर्ष नेतामा पर्छन् । यसअघि प्रहरीले स्थायी समिति सदस्य एवं मध्य कमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली 'सुदर्शन' र पोलिटब्युरो सदस्य मोहन कार्कीलाई पक्राउ गरिसकेको छ ।