१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ श्रावण ६ सोमबार १८:०६:००
Read Time : < 1 मिनेट
समाचार

माथि बुझाउनु पर्छ भन्दै घुस लिने कर्मचारीसँग जंगिए मुख्यमन्त्री राई 

Read Time : < 1 मिनेट
२०७६ श्रावण ६ सोमबार १८:०६:००

एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले सुचना पाएको एक घण्टाभित्र भ्रष्टचार र अनियमिता गर्ने कर्मचारी, पदाधिकारी र मन्त्रीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । मातहतका सबै मन्त्रालय र निर्देशनालयका मुख्य कर्मचारीहरुलाई भेला गराएर सोमबार राईले घुस लिएको थाहा पाए कठोर कारबाही गर्ने बताए । 

मन्त्री राईले प्रदेश सरकारसँग अधिकार छैन भन्ठानेर गल्ती गर्ने कसैलाई छुट नदिने उल्लेख गरे । मन्त्रालयका सचिव, सहसचिव, उपसचिव तथा कार्यालय प्रमुखहरु सहभागी भेलामा उनले घुस लेनदेनको विषयमा धेरै सुचना आएकाले नसच्चिए रंगेहात समातेर जेल पठाउन बाध्य हुने बताए । माथि पठाउनु पर्छ भन्दै घुस माग्ने गरेको जानकारी आफूले पाएको राईले भेलामा बताए ।

‘माथि भनेको कहाँ हो ?’ उनले प्रश्न गरे, ‘को छ त्यसरी घुस लिने ?’ उनले भ्रष्टचारविरुद्ध आक्रामक ढंगले अघि बढ्ने उल्लेख गरे । उनले एक नम्बर प्रदेशलाई नामअनुसार एक नम्बर बनाउने चाहना व्यक्त गरे । प्रदेशका प्रमुख सचिव सुरेश अधिकारीले कार्यालय प्रमुखहरु घुससहित समातिनु लज्जास्पद भएको उल्लेख गर्दै त्यसले प्रदेशको इज्जतमा धब्बा लागेको बताए  । 

प्रदेश भौतिक पूर्वाधार मन्त्रालयका सचिवको सरुवा

प्रदेश एक मुख्यमन्त्री मातहतको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका सचिव मनोज घिमिरेको सरुवा भएको छ । मुख्यमन्त्री निकट स्रोतका अनुसार आर्थिक वर्षको अन्तमा ठेकेदार र कर्मचारीसँग अवैध असुली गरेको सूचना आएपछि उनलाई प्रदेश सरकारको आग्रहमा संघीय सरकार मातहतको खानेपानी मन्त्रालयमा सरुवा गरेको हो । 

त्यसैगरी सुनसरीको इटहरीमा रहेको यातायात व्यवस्था कार्यालयका प्रमुख भीम गौतमले घुस लिएको खुलेपछि मुख्य मन्त्रीको कार्यालयमा झिकाइएको छ ।