१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका कास्की
२०७६ श्रावण ६ सोमबार १७:२१:००
Read Time : < 1 मिनेट
समाचार

दुई दशकपछि हत्या आरोपी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका कास्की
२०७६ श्रावण ६ सोमबार १७:२१:००

जिल्ला प्रहरी कार्यलय कास्कीले २० वर्षअघि हत्या गरी फरार हुँदै आएका कुमार गुरुङलाई प्रक्राउ गरेकाे छ । 

गुरूङले २०५६ माघ ४ गते कास्कीको साबिक घान्द्रुक गाविस-७ हाल अन्नपूर्ण गाउँपालिका १० का ३१ वर्षीय मन प्रसाद गुरुङको धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएका थिए । घाइते गुरुङको उपचारको क्रममा मृत्यु भएको थियो । 

उक्त घटनामा संलग्न कुमार फरार रहँदै म्याग्दी जिल्लाको विभिन्न स्थानमा लुक्दै आएका थिए । घटना भएको करिव २ वर्षपछि उनी भारत गएका थिए । उनी १४ वर्ष भारतमा बसेका थिए । केही समयअघि उनी बुवाको मृत्यु भएपछि नेपाल फर्किएका थिए । उनीहरूबीच हङकङ आइडीको विषयमा विवाद भएको थियो ।