मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका महाेत्तरी
२०७६ श्रावण ६ सोमबार १६:१६:००
Read Time : < 1 मिनेट
समाचार

हाेटलका महिला कर्मचारीलाई गैकानुनी काम नगर्न सचेत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका महाेत्तरी
२०७६ श्रावण ६ सोमबार १६:१६:००

महाेत्तरीकाे सदरमुकाम जलेश्वरस्थित पाँच होटेलमा कार्यरत महिला कर्मचारीलाई प्रहरीले विकृती फैलाउने कार्य नगर्न सचेत गराएकाे छ । विशेष सुचनाका आधारमा प्रहरीले सात महिला कर्मचारी र एक सञ्चालकलाई कार्यालयमै उपस्थित गराइ समाजमा विकृती हुने कार्य नगर्न सचेत गराएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी माधव प्रसाद बुढाथोकीले होटेलमा कार्यरत महिला कर्मचारीले अवैधानिक कार्य गरेकाे सुचना आएपछि कार्यालयमै ल्याएर सम्झाएको जानकारी दिए । त्यस्तो कार्यमा संलग्न भएको पाइए मुद्दा चलाएर कारबाही गर्ने बताए ।

सदरमुकामका केही केही होटेलमा समाजमा अश्लिलता फैलाउने काम भए सह्य नहुने प्रवक्ता डिएसपी बुढाथोकीले बताए ।