मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ६ सोमबार १४:४९:००
Read Time : < 1 मिनेट
समाचार

सम्झौताअनुसार तालिम नभएपछि थाइल्याण्डस्थित नेपाली दूतावासले १० युवालाई नेपाल फर्कायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ६ सोमबार १४:४९:००

सम्झौता अनुसारको तालिम र सुविधा नभएपछि थाइल्याण्डबाट १० जना नेपाल फर्किएका छन् । फूड एण्ड वेभरेज तालिमका लागि गएका उनीहरुलमई थाइल्याण्डस्थित नेपाली दूतावासले उद्धार गरी फर्काएको हो । 

उनीहरु काठमाडौको बागबजार स्थित किर्तिपुर अब्रोड स्टडिज नामक कन्सल्टेन्सी मार्फत थाइल्याण्डको बैंकक स्थित इन्टरनेशनल होटल एण्ड एयरलायन्स बिजनेस स्कुलमा तालिमका लागि गएका थिए । १० मध्ये ३ जनालाई १ साउन र बाँकीलाई ३ र ४ साउनमा फर्काएको थाइल्यण्डस्थित नेपाली दूतावासले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ । 

नेपाली विद्यार्थीले कन्सल्टेन्सी माार्फत विदेस आउनु अगाडि शैक्षिक संस्था वा इन्स्टिट्युटको बारेमा विस्तृत जानकारी लिन दूतावसले आग्रह गरेको छ । साथै  त्यस्ता इन्स्टिट्युटमा पर्याप्त भौतिक सुविधा भए/नभएको एवं त्यस्ता संस्थाले विदेशी विद्यार्थी/प्रशिक्षार्थी भर्ना गर्न पाउने अनुमति लिए/लिएको एकिन गरी प्रकृया अघि बढाउनुपर्ने दूतावासको विज्ञप्तीमा उल्लेख गरिएको छ ।