१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका सुर्खेत
२०७६ श्रावण ६ सोमबार १२:०९:००
Read Time : < 1 मिनेट
प्रदेश

वीरेन्द्रनगरका पाँच क्लिनिकमा सिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका सुर्खेत
२०७६ श्रावण ६ सोमबार १२:०९:००

 वीरेन्द्रनरमा सञ्चालन भइरहेका पाँच क्लिनिकमा सिलबन्दी गरिएको छ । आइतबार जिल्ला संयुक्त बजार अनुगमन टोलीले अवैध रूपमा सञ्चालन रहेको भन्दै क्लिनिक, ल्याब तथा फार्मेसीमा सिलबन्दी गरेको हो । 

वीरेन्द्रनगरका राना पोलिक्लिनिक तथा डाइनोस्टिक, बोहरा पोलिक्लिनिक, कर्णाली मेडिकल हल तथा प्याथोलोजी, शिवविहार मेडिकल हल र रम्बादेवी स्वास्थ्य क्लिनिक तथा निरु फार्मेसीमा सिलबन्दी गरिएको हो ।

मापदण्डविपरीत सञ्चालन गरिएको पाइएकाले सिलबन्दी गरिएको अनुगमन समितिका संयोजक तथा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उत्तम शर्माले बताए । ल्याब प्रयोगशाला सञ्चालनका लागि आधारभूत मापदण्डसमेत पूरा नगरेको पाइएकाले पाँचै क्लिनिकमा सिलबन्दी गरेर जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न निर्देशन दिइएको उनले बताए । 

जिल्ला स्वास्थ्य कार्यालयका निमित्तप्रमुख गणेशभक्त गौतमले क्लिनिकमा अवैध रूपमा ल्याब सञ्चालन गरेको फेला पारेपछि सिलबन्दी गरिएको बताए । उनले अनुगमन गरिएका क्लिनिक तथा फार्मेसीमा पर्याप्त जनशक्तिको व्यवस्था नगरेको, फार्मेसी नपढेकाले पनि औषधि बिक्री गरेको, ल्याब सञ्चालनका लागि आवश्यक पूर्वाधार नै तयार नगरि रगत, पिसाब, दिसा, खकारलगायत जाँच गर्ने गरेको, ल्याबनजिकै फोहोरको राखेको भेटिएकोले कारबाही गरिएको बताए ।