मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ६ सोमबार १०:५६:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

आँखाको डार्क सर्कल हटाउने घरेलु उपाय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ६ सोमबार १०:५६:००

सम्झना सुब्बा शर्मा 
ब्युटिसियन

हाम्रो आँखामा विभिन्न कारणले डार्क सर्कल बस्छ । डार्क सर्कल भनेको आँखाको वरिपरि कालो धब्बा बस्नु हो । जसले हाम्रो अनुहारको सुन्दरतालाई मात्रै असर गर्दैन, रोगी पनि बनाउँछ । डार्क सर्कल आउनुका विभिन्न कारण हुन्छन् । जस्तै, पेटको समस्या र अनिदोका कारण पनि हाम्रो आँखामा डार्क सर्कल बस्न सक्छ । सामान्य कारणले आँखामा डार्क सर्कल बस्दा हामी घरायसी उपाय पनि अपनाउन सक्छौँ । निम्न उपाय अपनाएर हामी डार्क सर्कल हटाउन सक्छौँ :

आवश्यक सामग्री

  • एक–एक चिया चम्चा टमाटर र आलुको रस तथा आवश्यकताअनुसार गुलाब जल ।

विधि

  • टमाटरको रस र आलुको रसको मिश्रण बनाउनुहोस् । मिश्रणमा थोरै गुलाब जल पनि राख्न सकिन्छ । त्यसपछि कालो भागमा मज्जाले   लगाउनुहोस् । लगाएको १० मिनेटसम्म राख्नुहोस् । त्यसपछि चिसो पानीले मज्जाले पखाल्नुहोस् ।
  • यो प्रक्रिया दुईदेखि तीन हप्तासम्म दिनको दुईपटक गर्नुहोस् । यसले डार्क सर्कल हटाउँछ र तपाईंले फ्रेस लुक्स पाउनुहुन्छ । टमाटरमा लाइकोपिन र फाइटोकेमिकल्स हुन्छ, जो छालाका लागि अत्यन्तै फाइदाजनक मानिन्छ ।