१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ श्रावण ६ सोमबार १०:३७:००
Read Time : > 2 मिनेट
नयाँCity

जावलाखेलमा ‘कफी पसल’

Read Time : > 2 मिनेट
२०७६ श्रावण ६ सोमबार १०:३७:००

कफीका भेराइटी

रिस्ट्रेटो स्प्रेसो
डबल रिस्ट्रेटो/स्प्रेसो
लङ ब्ल्याक अमेरिकानो (चिसो/तातो)
क्याफे लाटे (चिसो/तातो)
क्यापुचिनो
मकाचिनो (चिसो/तातो)
चोकोलेट (चिसो/तातो)
आइस कफी

रमेश श्रेष्ठ सञ्चालक

दरबारमार्गमा लोकप्रिय बनेको ‘कफी पसल’ जावलाखेलमा पनि खुलेको छ । पहिलोपटक कफी पसलले नयाँ आउटलेट विस्तार गरेको हो । चारजना युवा मिलेर पाँच वर्षअघि दरबारमार्गमा कफी पसल सुरु गरेका थिए । विभिन्न भेराइटीका कफी र कन्टिेन्टल परिकारका लागि कफी पसल लोकप्रिय छ । कफी पसलमा रैथाने अरबिका कफी पाक्छ । मेनुमा कफीसँगै ब्रेकफास्ट, लन्च र डिनरको पनि व्यवस्था छ । यो क्याफेले कन्टिनेन्टल फुड सर्भ गर्छ । भक्तपुर गठ्ठाघरका रमेश श्रेष्ठले अस्ट्रेलियामा सिकेको सीप उद्यमशीलतामा परिणत गरेका हुन् । दरबारमार्गको आउटलेटमा रमेशसहित सचिन कार्की, सुरेश सुवेदी र राजेश अधिकारीको बराबर लगानी छ । तर, जावलाखेल आउटलेटमा रमेशले एक्लै लगानी गरेका हुन् । 

पाँच वर्षअघि दरबारमार्गमा कफी पसल सुरु गरेर रमेश पुनः अस्ट्रेलिया फर्किए । उतैको कफी पसलमा काम गरे । ११ महिनाअघि परिवार लिएरै उनी नेपाल फर्किएका थिए । ‘स्वदेशमै केही गर्ने अठोटका साथ फर्किएपछि जावलाखेलमा नयाँ आउटलेट खोलेको हुँ’ रमेश भन्छन् । उनले अस्ट्रेलियाको मेलबर्नमा चर्चित ब्रान्डका कफी पसलमा हेड बरिस्ता भएर पनि काम गरे । उनी थप्छन्, ‘साढे नौ वर्षको अस्ट्रेलिया बसाइमा झन्डै ३०/३२ कफी पसलमा काम गरेँ, त्यही अनुभव नेपालमा लगाएको हुँ ।’ कफी पसल फेरिरहँदा काम गर्ने शैली सिकेको उनको भनाइ छ । 

क्वालिटी, टेस्ट, सर्भिस र कन्सिस्टेन्सी । कफी पसलले यी चारवटै विषयमा सम्झौता गर्दैन । कफीको स्वादमा कन्सिस्टेन्सी छ । आज ग्राहकले जुन स्वाद पाउँछ, भोलि पनि त्यही स्वाद पाउँछ । त्यसैले एकपटक कफी पसल छिरेको झन्डै ९९ प्रतिशत ग्राहक नियमित ग्राहक बन्छन् । सुरुमा केही समय कफी पसल चलाउन कठिन भए पनि अहिले ग्राहक पाउन कठिन छैन ।

रमेशले ६ महिनाअघि जावलाखेलमा आउटलेट खोलेका हुन् । उनले नयाँ आउटलेटका लागि ठाउँ खोज्दै हिँड्दा जावलाखेलमा खाली ठाउँ भेट्टाएका हुन् । लोकेसन पनि मन प¥यो । वल्र्डलिंक कम्युनिकेसनको ठ्याक्कै अगाडिको बिल्डिङमा एक तलामाथि रहेको स्पेस पनि उनलाई चित्त बुझ्यो । एक हजार स्क्वायर फिटमा फैलिएको कफी पसलमा ५०/५५ जनाले एकैपटक सेवा लिन सक्छन् । दरबारमार्गकै सेवा जावलाखेलको आउटलेटमा उपलब्ध हुन्छ ।

‘हामी कफी पसलमा आफ्नोपन दिन खोजिरहेका छौँ, रैथाने अरबिका कफी विन्सलाई आफ्नै रेसिपीमा रोस्टिङ गर्छौँ’ रमेश भन्छन्, ‘हामी युरोपियन बेस्डमा कफी बनाउँछौँ ।’ उनले नुवाकोट, लमजुङ र सिन्धुपाल्चोकमा उत्पादित कफी किन्छन् । कफीको गुणस्तरदेखि कफी बनाउने मेसिनसम्म स्तरीय छन् । ‘हाम्रोमा ग्राहकले जति पैसा तिर्नुहुन्छ, त्योभन्दा बढी सन्तुष्टि पाउनुहुन्छ ।’ उनी दाबी गर्छन् । 

कफी पसलमा २०/२५ प्रकारको कफी बन्छ । दरबारमार्गमा सर्भ गर्ने फुड्स जावलाखेलमा पनि पाइन्छ । रेस्टुरेन्टको मेनुमा अस्ट्रेलियन परिकार बढी छन् । जावलाखेलको आउटलेटमा पनि बिस्तारै ग्राहकको आगमन बढ्दै गइरहेको छ । कफी पसलमा थुप्रै कन्टिनेन्टल परिकारको स्वाद लिन पाइन्छ । क्याफेमै कन्टिनेन्टल स्वादको ब्रेकफास्ट, लन्च र डिनरको व्यवस्था छ । अझै पनि नेपालमा ब्रेकफास्टका लागि तारेहोटेल धाउनुपर्ने बाध्यता छ । रमेशले विदेशमाझैँ क्याफेमा ब्रेकफास्ट पस्किएका छन् । 

रमेशले कफी र खानाका परिकारसँगै खाने र सर्भ गर्ने कल्चर पनि सिकाउँछन् । काँटा–चम्चा कसरी समात्ने ? कसरी खाना खाने ? कसरी सर्भ गर्ने ? कफी र मदिरा कसरी सेवन गर्ने ? कसैले सिक्न चाहेमा रमेशले दिल खोलेर सिकाउन तयार हुन्छन् । उनी नेपालीलाई कफी पिउन सिकाउँदै छन् । कफीका भेराइटीको जानकारी गराउँछन् । स्वदेशमै कफी क्षेत्रमा केही गर्ने लक्ष्य लिएका उनी बिस्तारै चेन विस्तार गर्ने योजनामा छन् । ‘जावलाखेल आउटलेट स्थापित भएपछि नयाँ आउटलेट खोल्नेछु’ उनी भन्छन्, ‘भटाभट आउटलेट विस्तार गर्ने पक्षमा छैन, त्यसरी चलाउन पनि सकिँदैन ।’

लन्च/डिनर
सलाद (चिकेन सिजर)
क्वाट्रो स्यान्डविस 
बर्गर  (चिकेन स्निचल, जर्मन)
 विफ बर्गर (न्युयोर्क स्टायल बर्गर)
 भेज बर्गर
रिजोटो (मसरुम रिजोटो)
     चिकेन रिजोटो
पास्ता (लिङ्गुनी अलफ्रेडो)
     अलिओ ई ओलिओ
     पेने भेरओ (भेज)
चिकेन स्टेक
फिस साल्टिमबोक्का
ओज स्टायल बुस स्टेक
पोर्क चोप
क्लासिक फिस एन्ड चिप्स
ब्रेकफास्ट
ह्यास स्ट्याक (अस्ट्रेलियन)
एग्स बेनेडिक (फ्रेन्च) 
ब्रेकी २ जावलाखेल (ब्रिटिस)
स्मास्ड एभोकाडो (अस्ट्रेलियन) 
ब्रेकफास्ट रोटी -याप (अस्ट्रेलियन)