मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ६ सोमबार १०:१९:००
Read Time : < 1 मिनेट
सप्तरंग

चुरोट विवादमा प्रियंका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ६ सोमबार १०:१९:००

बलिउड अभिनेत्री प्रियंका चोपडाले गत १८ जुलाईमा ३७औँ जन्मदिन मनाइन् । विवाहपछि प्रियंकाको यो पहिलो जन्मदिन हो । जन्मदिनलाई महत्वपूर्ण बनाउन प्रियंकाले पति निक जोनससँग कुनै कसर बाँकी राखिनन् । यसैबीच अचानक सामाजिक सञ्जालमा प्रियंका ट्रेन्डिङमा आइन् । 

कारण हो, सामाजिक सञ्जालमा उनको ट्रोल हुनु । प्रियंकाका श्रीमान् निक जोनस र आमा मधु चोपडा साथमा रहेको तस्बिर सार्वजनिक भयो । तस्बिरमा प्रियंका चुरोट तानिरहेकी छिन् । निक र मधुले पनि उनलाई साथ दिइरहेका छन् । 

तस्बिरमा प्रियंका चुरोट तानिरहेकी छिन् । श्रीमान् निक र आमा मधुले पनि उनलाई साथ दिइरहेका छन् । 

प्रियंकाको यस्तो तस्बिर सामाजिक सञ्जालमा  सार्वजनिक भएपछि उनको ट्रोल हुन सुरु भएको हो । सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई भारतीय संस्कृति बिर्सिएको भनेर गाली गरेका छन् । प्रियंकाको जन्मदिनको अवसरमा पति निकले अमेरिकाको मियामीमा ग्रान्ड पार्टी दिएका थिए ।