मिस वल्र्डमा भाग लिँदा यसअघिका मिस नेपालभन्दा शृंखला खतिवडाले निकै चर्चा बटुलिन् । २०१८ की मिस नेपाल शृंखलाको सुन्दरतासँगै बौद्धिकताको पनि चर्चा भयो । कारण, उनले दिएका अभिव्यक्ति धेरैले मन पराए ।
शृंखला हाल टर्कीमा छिन् । त्यहाँ घुमघाममा व्यस्त रहेकी शृंखलाले इन्स्टाग्राममा एउटा फोटो स्टोरी सेयर गरेकी छिन् । स्टोरीमा भ्लगर सिसन बानियाँको काँधमा शृंखलाले टाउको राखेकी छिन् । सोक्रममा दुवैजना खुबै खुसी देखिन्छन् । शृंखलाको यो तस्बिर सार्वजनिक भएपछि उनीहरू प्रेममा रहेको चर्चा चलेको छ ।
मिस नेपाल प्रतियोगिताका दौरान शृंखलालाई सिसनले निकै सहयोग गरेका थिए । यद्यपि, उनीहरूबीच अफेयर चलेको खाली हल्ला हो या साँच्चै हो भन्नेबारे भने दुवैले मुख खोलेका छैनन् । पूर्वमिस नेपालद्वय मलिना जोशी र श्रृष्टि श्रेष्ठलगायतको प्रेमसम्बन्ध बाहिर आइसकेको छ । यस्तो अवस्थामा सबैको उत्सुकता भने अब शृंखलामाथि छ ।
शृंखलाको तस्बिर सार्वजनिक भएपछि उनीहरू प्रेममा रहेको चर्चा चलेको छ । मिस नेपाल प्रतियोगिताका दौरान शृंखलालाई सिसनले निकै सहयोग गरेका थिए ।