मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
विष्णुहरि रेग्मी अधिकृत
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ६ सोमबार ०९:१७:००
Read Time : > 2 मिनेट
लोकसेवा

स्थानीय तहअन्तर्गत छैटौँ तहका लागि संविधान र कानुनसम्बन्धी सम्भावित १० प्रश्न

Read Time : > 2 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ६ सोमबार ०९:१७:००

प्रश्न  ः संघीयतामा करारोपण र कर राजस्व परिचालनका मुख्य मोडलको चर्चा गर्दै वर्तमान नेपालको राजस्व संरचनाबारे प्रकाश पार्नुहोस् ।

उत्तर : संघीयता राज्य शक्तिको प्रयोग एकभन्दा बढी तहको सरकारहरूमा संवैधानिक रूपमा बाँडफाँड गरी अभ्यास गर्ने शासकीय प्रणाली हो । नागरिकले राज्यप्रतिको आफ्नो अनिवार्य आर्थिक योगदान पूरा गर्न सरकारलाई तिर्ने वा बुझाउने रकम नै कर हो । संघीय शासन व्यवस्थामा करारोपण, संकलन र परिचालन सम्बन्धमा मुख्य तीन मोडल अभ्यासमा छन्, जसलाई तल प्रस्तुत गरिएको छ :

क) कर स्वायत्त प्रणाली (Tax Autonomy System) 
        सरकारका सबै तहले संविधानको दायरामा रही         आ–आफ्नै आवश्यकता र सम्भाव्यताअनुसार         करारोपण र परिचालन गर्ने पद्धति नै कर स्वायत्त         प्रणाली  (Tax Autonomy System)  हो ।         यसमा संघ, प्रदेश र स्थानीय तह आआफ्नो अधिकार         क्षेत्रभित्रका विषयमा कर लगाउन, उठाउन र         परिचालन गर्न स्वायत्त हुन्छन् । तर, जनतामा         दोहोरो, तेहोरो करको भार पर्न सक्ने र हरेक तहमा         प्रशासनका नाममा उच्च खर्च हुने             सम्भाव्यता रहन्छ ।

ख) कर अतिरिक्त शुल्क प्रणाली (Tax Surcharge    System )
    संविधानले बाँडफाँड गरेको करको संकलन उपयुक्त निकायबाट गर्ने, त्यसका लागि एउटा सरकारले लगाएको कर अर्काे सरकारले उठाइदिने र         बदलामा अतिरिक्त शुल्कसमेत लिने विधि नै कर अतिरिक्त शुल्क विधि हो । यस प्रणालीमा कर प्रशासनका नाममा अतिरिक्त खर्च नभए पनि     अतिरिक्त शुल्क तिर्नुपर्ने भएकाले जनतामा करको भार बढ्न जान्छ ।
ग) कर बाँडफाँड प्रणाली (-Tax Sharing System  )
    संविधानबमोजिम फरक–फरक वा साझा राजस्व अधिकार प्राप्त भएता पनि देशको सक्षम तह वा सरकारले सबै कर संकलन गर्ने र अन्य तहहरूमा     संकलित कर नियमपूर्वक बाँडफाँड गर्ने पद्धति नै कर बाँडफाँड प्रणाली हो । यस प्रणालीमा राष्ट्रिय स्थायित्वसँग सम्बन्धित कर संघीय सरकारमा     र पटके तथा स्थानविशेषसँंग सम्बन्धित कर प्रदेश एवं स्थानीय तहमा राखिन्छ । कर प्रशासनका नाममा अतिरिक्त खर्च नहुने र जनतामा करको बो  झसमेत नथपिने हुनाले यस प्रणालीलाई उपयुक्त मानिन्छ ।

नेपालको वर्तमान राजस्व संरचना
आर्थिक सर्वेक्षण २०७५/७६ मा उल्लेख गरिएअनुसार नेपालको वर्तमान राजस्व संरचनाका मुख्य विषयहरूलाई निम्नानुसार प्रकाश पार्न सकिन्छ :

कर राजस्व
नेपालमा कर राजस्वको योगदान कुल राजस्वमा करिब ९० प्रतिशत हाराहारीमा छ । कर राजस्वमध्ये मुख्य योगदान मूल्य अभिवृद्धि करको रहेको छ । मूअकरले करिब ३० प्रतिशत योगदान राजस्वमा गरेको छ ।
राजस्वमा दोस्रो उच्च योगदान आयकरको रहेको छ, जसले कुल राजस्वमा करिब २१ प्रतिशत योगदान गरेको छ । आयकरमा व्यक्तिगत र संस्थागत आयकर रहेका छन् । पारिश्रमिक कर, व्यवसाय कर, लाभकर, ब्याज कर आदि प्रचलित आयकर हुन् ।
राजस्वमा तेस्रो योगदान गरेको क्षेत्र भन्सार महसुल हो । यसले करिब २०.५० प्रतिशत योगदान गरेको छ । यसअन्तर्गत पैठारी महसुल, निकासी महसुल, कृषि सुधार शुल्क आदि पर्छन् ।
नेपालको राजस्वमा चौथो उच्च योगदान गरेको अन्तःशुल्कको करिब १५ प्रतिशत योगदान रहेको छ । यसमा आन्तरिक अन्तःशुल्क र आपूर्तिको अन्तःशुल्क पर्छन् ।
कुल गार्हस्थ उत्पादनमा गैरकर राजस्वको योगदान करिब १०.५ प्रतिशत रहेको छ । यसमा शुल्क, दस्तुर, महशुल, दण्ड–जरिवाना, दान, उपदार आदि पर्छन् ।

निष्कर्ष
संघीय नेपालमा तीन तहबीच राजस्व बाँडफाँड गरिएकाले राजस्वको संरचना परिवर्तनउन्मुख छ । प्रदेश र स्थानीय तहमा समेत राजस्वका अधिकार प्रदान गरिएको भए पनि मुख्य वित्तीय स्थायित्वमा प्रभाव पार्ने कर भने संघीय सरकारको कार्यक्षेत्रमा नै राखिएको छ । 
यसले गर्दा तत्कालै संरचनामा तात्विक फरक नपर्ने भए पनि स्वतन्त्र व्यापार, लगानीको वातावरण, जनताको आयस्तर र सरकारी खर्चमा हुने परिवर्तनका कारण भने राजस्व संरचना परिवर्तन हुँदै जानेमा कुनै सन्देह छैन ।

स्थानीय तहअन्तर्गत छैटौँ तहका लागि संविधान र कानुनसम्बन्धी सम्भावित १० प्रश्न

१. संविधानवाद भनेको के हो ? संविधानवादलाई मूलतः कति भागमा वर्गीकरण गरिएको छ ? नेपालमा संविधानवादको विकासक्रमबारे संक्षिप्त चर्चा गर्नुहोस् ।

२. कानुन निर्मित निकाय भन्नाले कस्तो निकायलाई जनाउँछ ? नेपालमा विद्यमान रहेका कानुन निर्मित निकायहरूको संक्षिप्त चर्चा गर्नुहोस् ।

३. नेपालको संविधानका प्रमुख विशेषता उल्लेख गर्दै संवैधानिक विकासक्रमबारे संक्षिप्त टिप्पणी गर्नुहोस् ।

४. वर्तमान नेपालको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका संरचना, अधिकार र जिम्मेवारी देखाउने तालिका बनाउनुहोस् । सरकारका यी तीन अंगबीचको शक्ति विभाजन कसरी गरिएको छ ? उल्लेख गर्नुहोस् ।

५. राज्यका निर्देशक सिद्धान्तहरू भन्नाले के बुझिन्छ ? राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वलाई अदालतको कारबाहीबाट लागू गराउन सकिने÷नसकिने सन्दर्भमा विवेचना गर्नुहोस् ।

६. मानवअधिकार भन्नाले के बुझिन्छ ? मानवअधिकारका मूलभूत सिद्धान्तहरू उल्लेख गर्दै नेपालको राष्ट्रिय मानवअधिकार आयोगको गठन, काम, कर्तव्य र अधिकारबारे चर्चा गर्नुहोस् ।

७. नागरिक चेतना भन्नाले के बुझ्नुहुन्छ ? नागरिकका मुख्य कर्तव्य र जिम्मेवारीबारे संक्षिप्तमा चर्चा गर्नुहोस् ।

८. कानुनका स्रोतहरू उल्लेख गर्दै नेपालमा कानुन निर्माण प्रक्रिया उल्लेख गर्नुहोस् ।

९. लोकतान्त्रिक मूल्य र मान्यता भन्नाले के 
बुझ्नुहुन्छ ? नेपालमा यी मूल्य र मान्यताको प्रयोग कसरी भएको पाउनुहुन्छ ? लेख्नुहोस् ।

१०. समानुपातिक प्रतिनिधित्व भन्नाले के 
बुझ्नुहुन्छ ? यसका सबल र दुर्बल पक्षबारे चर्चा गर्दै समानुपातिक प्रतिनिधित्व प्रणालीलाई मुख्य रूपमा कति किसिममा वर्गीकरण 
गरिन्छ ? लेख्नुहोस् ।