१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ५ आइतबार २०:१८:००
Read Time : < 1 मिनेट
विश्व

जब उड्न लागेकाे विमानकाे पखेटामा मान्छे दाैडिए... 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ५ आइतबार २०:१८:००

नाइजेरियास्थित मुर्तला मोहम्मद इन्टरनेशनल एयरपोर्टबाट विश्वास गर्न नसकिने समाचार बाहिएको छ । समाचारमा जनाइएअनुसार उड्ने तयारी हुँदै गरेको विमानको पखेटामा एक व्यक्ति दौडिए ।  

एयरपोर्टका कर्मचारीले उनलाई पक्राउ गरेका थिए । पक्राउ व्यक्तिका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको एयरपाेर्टका अधिकारीले जानकारी दिएका छन् । सो घटना लागोसबाट पोर्ट हारकोट जाने तयारीमा रहेको विमानमा भएको हो ।

'गत शुक्रबार बिहान विमान रनवेमा उडान भर्ने तयारी गर्दै गर्दा एक व्यक्ति विमानको पखेटामा दौडिदै गरेको देखियो,' नाइजेरियाको प्रहरीले भने । पखेटामा मान्छे दौडिएको थाहा पाएर पाइलटले विमानको गति घटाउँदै रोकेका थिए ।

एक प्रत्यक्षदर्शीले भने, 'दौडिदै विमान छेउ आएका ती व्यक्तिले हातको सुटकेस विमानकाे इन्जिनभित्र राखेपछि पखेटामा चढेका थिए । उनको त्यो गतिविधिले विमानका यात्रु डराएका थिए ।'

ती व्यक्तिको गतिविधिले केहीबेर विमानस्थलमा भाग दौड जस्तै भएको थियो । उनी विमानको इन्जिनभित्र जाने कोशिश गर्दै थिए भने यात्रु डराएका थिए । यात्रु यति डराएका थिए कि उनीहरूले विमानमा रहेका क्रूलाई इमरजेन्सी ढोका खोल्न अपिल गरेका थिए ।

एक यात्रु ओट्टो ओरानडामले यस घटनाको भिडियो बनाएर इन्स्टाग्राममा शेयर गरेका छन् । भिडियोमा उनले लेखेका छन्, 'यहाँ एक आपात कालीन स्थिति भएको थियो । हामी आधा घण्टासम्म रनवेमा नै फसेका थियौँ । उसलाई सुरक्षाकर्मीले पक्राउ गरेपछि मात्रै लामो सास फेरेका थियौँ । सबै जना डराएका थियौँ ।' एजेन्सी