मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ५ आइतबार १६:३७:००
Read Time : < 1 मिनेट
विश्व

'फेसएप'मार्फत भेटिए १८ वर्षअघि अपहरण परेका बालक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ५ आइतबार १६:३७:००

पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकमा 'फेसएप'को चर्चा चुलिँदो छ । दुनियाँभरका मान्छेले यस एपको माध्यमबाट आफ्नो वृद्ध अवस्थाको तस्विर पोस्ट गर्दै आएका छन् । 

यस फेसएपको मद्दतबाट चीनमा एक परिवारले १८ वर्षपछि अपहरण परेको छोरा फेला पारेका छन् । फेसएपमार्फत यु विफेङ्ग नाम गरेका २१ वर्षीय युवाको १८ वर्षपछि परिवारसँग भेट भएको हो । उनी तीन वर्षको उमेर हुँदा अपहरण परेका थिए । अहिले उनी कलेज पढ्ने भएका छन् ।

प्रहरीका अनुसार विफेङ्ग सन् ६ मे २००१ मा एक निर्माणाधीन काम भइरहेको स्थानबाट हराएका थिए । त्यस समयमा उनका बुवा सोही ठाउँमा काम गर्दै आएका थिए । छोरा पाएपछि विफेङ्गका वुबाले उनलाई पाल्ने दम्पतीलाई धन्यावाद दिएका छन् ।

प्रहरीका अनुसार विफेङ्गको परिवारले छोरा हराएको रिर्पोट दिएका थिए । फेसएपको चर्चा भएसँगै प्रहरीले सोही रिर्पोटअनुसार करिब सय जना युवा छनोट गरेको थियो । प्रहरी अधिकारी झेङ्ग झेनहाईले भनेका छन्, 'जब विफेङ्गलाई हामीले १८ वर्षअघि हराएको पत्ता लगायौँ । पहिले उनले आफू अपहरण परेको इन्कार गरे । त्यसपछि उनको बुवासँग 'डिएनए' जाँच गर्दा सत्य पत्ता लागेको थियो ।' एजेन्सी