मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ५ आइतबार १५:४८:००
Read Time : < 1 मिनेट
विश्व

प्रेमिकासँग विवाह गर्न राजगद्दी त्याग्ने राजाले गरे सम्बन्ध विच्छेद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ५ आइतबार १५:४८:००

आफूभन्दा २३ वर्ष कान्छी प्रेमिकासँग विवाह गर्न राजगद्दी त्यागेका मलेशियाका राजा सुल्तान मोहम्मद वी (५१) को एक वर्षमै सम्बन्ध विच्छेद भएको छ । उनले २७ वर्षीय रूसी महिलासँग विवाह गर्न राजगद्दी त्यागेका थिए ।

राजा सुल्तानकी रूसी श्रीमती ओक्साना विवोदिनाबीचकाे विवाह एक वर्ष भन्दा बढी टिक्न सकेन । विवोदिनाकै लागि सुल्तानले मलेशियाको राजगद्दी त्यागेर रूसको राजधानी मस्को पुगेर विवाह गरेका थिए ।

सुल्तानसँगको विवाहपछि विवोदिनाले इस्लाम धर्म अपनाएकी थिइन । त्यससँगै उनले आफ्नो नाम रिहाना ओक्साना पेट्रा राखेकी थिइन । उनले गत मेमा छोरालाई जन्म दिएकी छन् । उनले छोराको नाम इस्माइल लायन राखेकी छन् । छोराको जन्म भएको केही हप्तापछि उनीहरूकाे सम्बन्ध विच्छेद हुँदा आफन्तहरू स्तब्ध भएका छन् । 

उनीहरूको सम्बन्ध विच्छेदकाे प्रक्रिया सिंगापुरमा पूरा भएको थियो । प्रेमका लागि राजगद्दी त्याग्ने सुल्तान र धर्म परिवर्तन गर्ने विवाेदिना अब अलग हुने भएका छन् ।  विवोदिना पूर्व 'मिस मस्को' हुन् । उनले चीन र थाइल्याण्डमा मोडलिङ्ग गर्दै आएकी थिइन । साेही क्रममा सुल्तानसँग उनकाे प्रेम सुरू भएकाे थियो । उनीहरूकाे सम्बन्ध विच्छदबारे समाचारमा जनाएकाे छैन ।