१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७६ श्रावण ५ आइतबार ११:०८:००
Read Time : < 1 मिनेट
खेलकुद

सेरेना फेसेनेबल खेलाडी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ श्रावण ५ आइतबार ११:०८:००

अमेरिकी महिला टेनिस खेलाडी सेरेना विलियम्स विश्वकै फेसेनेबल खेलाडी बनेकी छिन् । अमेरिकाको स्पोर्टस् इलस्ट्रेटेड म्यागेजिनको जुलाई महिनाको संस्करणमा सेरेना विश्वकै एक नम्बरकी फेसेनबल खेलाडीका रूपमा रहिन् । म्यागेजिनले विभिन्न खेलका ५० खेलाडीको सूची सार्वजनिक गरेको छ । यस सूचीमा भारतका एक खेलाडी पनि परेका छैनन्  । म्यागेजिनले समर्थकको फलो, फेसनप्रतिको चासो तथा फिटनेसका आधारमा फेसेनेबल खेलाडी घोषणा गरेको हो । 

२३ पटक ग्रान्डस्लाम उपाधि जितेकी सेरेनासँगै अन्य तीन टेनिस खेलाडी पनि सूचीमा समावेश भएका छन् । रसियन खेलाडी मारिया सारापोभा छैटौँ स्थानमा छिन् । यसैगरी, म्यागेजिनले सेरेनाकी दिदी भेनस विलियम्सलाई ३४औँ स्थानमा राखेको छ । पुरुषतर्फ सर्वाधिक २० ग्रान्डस्लाम उपाधि जितेका रोजर फेडेरर ३७औँ स्थानमा छन् । गत साता विम्बल्डनको फाइनलमा फेडेरर नोभाक जोकोभिकसँग ३–२ को म्याराथन सेटमा पराजित भएका थिए । 

अमेरिकाबाट प्रकाशित हुने स्पोर्टस् इलस्टे«टेडले प्रकाशन गरेको ५० फेसेनेबल खेलाडीको सूचीमा अमेरिकन टेनिस खेलाडी सेरेना विलियम्स एक नम्बरमा 

म्यागेजिनका अनुसार सेरेना बजारमा आएका नयाँ ब्रान्डका कुनै पनि वस्तु किन्न सधैँ आतुर हुन्छिन् । महिला खेलाडीमध्ये सेरेना धेरै गहना कलेक्सन गर्नेमा पर्छिन् । म्यागेजिनले जारी गरेको सूचीमा ४१ पुरुष तथा नौ महिला खेलाडी छन् । सूचीमा अमेरिकन बास्केटबल लिग एनबिएका सर्वाधिक १९ खेलाडी अटेका छन् । यता फुटबलका क्रिस्टियानो रोनाल्डो र नेमार जुनियर शीर्ष १० भन्दा पछि रहे । यसैगरी, फर्मुला वानका लुइस हेमिल्टन र अमेरिकी फुटबलकी कप्तान मेगन रेपिनाले ४८औँ स्थान पाएका छन् ।