१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ श्रावण ५ आइतबार १०:४२:००
Read Time : > 1 मिनेट
अर्थ

वीरगन्ज भन्सार राजस्व संकलनमा असफल

Read Time : > 1 मिनेट
२०७६ श्रावण ५ आइतबार १०:४२:००

नेपालको प्रमुख भन्सार नाका वीरगन्ज भन्सार र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालय लक्ष्यअनुसारको राजस्व संकलनमा असफल हुँदै गएको छ । देशको कुल राजस्वको आधा योगदान दिँदै आएको कार्यालय केही वर्षदेखि असफल हुँदै गएको हो । वीरगन्ज नाका हुँदै तेस्रो तथा भारतबाट मालसमान आयातमा कमी भएपछि राजस्व संकलनमा कमी आएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । 

भन्सार विभागले गत आर्थिक वर्ष ०७५/७६ मा वीरगन्ज भन्सारलाई १ खर्ब ७१ अर्ब ६० करोड ५८ लाख राजस्व लक्ष्य दिएको थियो । तर, वीरगन्ज भन्सारले १ खर्ब ४७ करोड १३ लाख ७५ हजार मात्र राजस्व संकलन गर्न सकेको थियो । विभागले दिएको लक्ष्यभन्दा २४ अर्ब ७ करोड ४४ लाख कम राजस्व संकलन गरेको भन्सारले लक्ष्यको ८५.९७ प्रतिशत मात्र संकलन गर्न सकेको हो । 

वीरगन्ज भन्सारले अघिल्लो आर्थिक वर्ष ०७४/७५ मा पनि राजस्व संकलनको लक्ष्य भेट्न असफल भएको थियो । आर्थिक वर्ष ०७४/७५ मा भन्सार विभागले भन्सार कार्यालयलाई १ खर्ब ३४ अर्ब ३९ करोड २४ लाख ३५ हजारको लक्ष्य दिएको थियो । तर, उसले आर्थिक वर्ष ०७४/७५ मा भने लक्ष्यभन्दा ३ अर्ब ३८ करोड ९३ लाख ८ हजार कम अर्थात् कुल १ खर्ब ३१ अर्ब ३१ लाख १७ हजार मात्र राजस्व उठाउन सकेको थियो ।

सुक्खा बन्दरगाहले कति उठायो राजस्व
सिर्सिया सुक्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालय पनि लक्ष्यअनुसारको राजस्व संकलनमा असफल हुँदै गएको छ । गत आर्थिक वर्ष ०७५/७६ का लागि भन्सार विभागले ड्राइपोर्ट भन्सार कार्यालयलाई ३६ अर्ब ९ करोड ३२ लाख २ हजारको लक्ष्य दिएको थियो । तर, भन्सारले लक्ष्यभन्दा ३ अर्ब ८४ करोड १८ लाख ५३ कम राजस्व संकलन गरेको छ । 

ड्राइपोर्ट भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यको ८९.३६ प्रतिशत मात्र अर्थात् ३२ अर्ब २५ करोड १३ लाख ४९ हजार मात्र राजस्व संकलन गरेको हो । अघिल्लो आर्थिक वर्ष ०७४/७५ मा पनि ड्राइपोर्ट भन्सार कार्यालयले लक्ष्यभन्दा १ अर्ब ९५ करोड ९० लाख ६७ हजार कम राजस्व उठाएको थियो । उक्त आर्थिक वर्षमा भन्सार विभागले ड्राइपोर्ट भन्सार कार्यालयलाई २८ अर्ब २९ करोड ४२ लाख ६० हजारको राजस्व संकलनको लक्ष्य दिएको थियो ।