मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सुदीपकुमार ढुंगाना काठमाडाैं
२०७६ श्रावण ५ आइतबार १०:०७:००
Read Time : > 2 मिनेट
शिक्षा

क्षमता र रुचिका आधारमा विषय छनोट गर्नुपर्छ 

सात प्रश्न

Read Time : > 2 मिनेट
सुदीपकुमार ढुंगाना काठमाडाैं
२०७६ श्रावण ५ आइतबार १०:०७:००

काठमाडौंको बौद्धमा अवस्थित अरुणिमा माध्यमिक विद्यालयले विज्ञान, व्यवस्थापन, मानविकी, कानुन तथा शिक्षाशास्त्र संकायमा कक्षा ११ र १२ का कार्यक्रम सञ्चालन गरिरहेको छ । राष्ट्रियस्तरमा नै लोकप्रिय र सफल विद्यालयका रूपमा परिचित अरुणिमा ०४२ सालमा स्थापना भएको हो । आफ्नै भवन, खेलमैदान तथा आवश्यक सम्पूर्ण शैक्षिक पूर्वाधारको व्यवस्था भएको विद्यालयले सुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । विद्यालयको ११ र १२ कक्षाको अध्यापनलगायतका विषयमा कार्यक्रम संयोजक केशवप्रसाद जोशीसँग नयाँ पत्रिकाका सुदीपकुमार ढुंगानाले गरेको कुराकानी:

केशवप्रसाद जोशी कार्यक्रम संयोजक, अरुणिमा एजुकेसन फाउन्डेसन

१. अहिलेको अध्ययनलाई भविष्यको रोजगारीसँग कसरी जोड्नुहुन्छ ?
शिक्षा, जीविका र जीवनकोे सम्बन्ध प्रगाढ रहन्छ । शिक्षाले मानिसमा ज्ञान, सीप एवं सोचको विकास गर्छ । रोजगारीका लागि यस्ता विशेषतासहितको शिक्षा अत्यावश्यक हुन्छ । यथार्थमा जुनसुकै विषयको शिक्षा आर्जन गरे पनि त्यो व्यक्तिको जीवन पद्धति बन्नुपर्छ । शिक्षालाई रोजगारीमा मात्र सीमित नगरी मानवीय मूल्य, अनुसन्धान, सिर्जनात्मक चिन्तन एवं गतिविधि र स्वरोजगारसँग अभिन्न रूपमा जोड्नुपर्छ ।

२. कस्ता क्षमताका विद्यार्थीले कस्तो विषय छनोट गर्दा राम्रो हुन्छ ?
विषय छनोट व्यक्तिको क्षमता र रुचिमा भर पर्छ । उद्यमशीलताको चाहना राख्ने, स्वरोजगार सिर्जना गर्ने लक्ष्य राख्ने तथा नेतृत्व चाहने विद्यार्थीले व्यवस्थापन विषय रोज्नु र अन्वेषणात्मक सोच राख्ने विद्यार्थीले विज्ञान विषय चयन गर्नु उचित हुन्छ । त्यस्तै, सिर्जनशील एवं तार्किक क्षमता राख्ने विद्यार्थीले मानविकी एवं कानुन विषय रोज्नुपर्छ । 

३. अरुणिमा माध्यमिक विद्यालयको अध्यापन अन्य विद्यालयभन्दा केमा फरक छ ?
विश्व बजारमा आवश्यक योग्य जनशक्ति उत्पादन, बहुआयामिक व्यक्तित्व विकास र नेतृत्व क्षमता अभिवृद्वि गर्न विद्यालयले सहभागितामूलक शिक्षण पद्धति अवलम्बन गरेको छ । अनुसन्धानमा आधारित शिक्षालाई आत्मसात् गर्दै विद्यार्थीमा २१औँ शताब्दीका लागि आवश्यक जीवनोपयोगी सीप तथा क्षमताहरू विकास गर्नु विद्यालयको मुख्य शैक्षिक उद्देश्य रहेको छ ।

४. यहाँका शिक्षकको क्षमता र योग्यता के–के हुन् ?
शिक्षकको व्यावसायिक सीप नै सिकाइको आधार हो । शैक्षिक योग्यता, शिक्षण अनुभव, तालिम एवं परिवर्तित अवस्थालाई बुझ्न सक्ने शिक्षण समूह यस संस्थाका गहना हुन् । २१औँ शताब्दीको शिक्षण अवधारणाअनुरूप शिक्षक एक प्रबल सहजकर्ताका रूपमा स्थापित हुनु नै उपयुक्त शैक्षिक वातावरण निर्माण हुनु हो । 

५. शुल्क तथा इन्टर्नसिपको कस्तो व्यवस्था छ ?
नेपाली मध्यमवर्ग र उच्च तथा उच्च मध्यम वर्गलाई लक्षित गरी शिक्षण शुल्क निर्धारण गरिएको छ भने छात्रवृत्तिका माध्यमबाट जेहेन्दार तथा कमजोर आर्थिक स्थिति भएका विद्यार्थीलाई समेत अध्ययन गर्ने व्यवस्था मिलाइएको छ । नेपाल सरकारले तोकेको मापदण्डमा आधारित भएर जेहेन्दार, उत्पीडित, दलित, जनजाति, मधेसी, गरिब, दुर्गम आदि विभिन्न विधामा आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गर्ने गरिएको छ । यसका अतिरिक्त आन्तरिक परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्नेका लागि पनि छात्रवृत्तिको व्यवस्था छ । तहगत रूपमा स्थलगत अध्ययन भ्रमणदेखि इन्टर्नसिपसम्मको व्यवस्था गरिएको छ । 

६. विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीको करिअर निर्माण तथा थप अध्ययनका लागि विद्यालयले सहयोग गर्छ कि गर्दैन ?
यस संस्थामा अध्ययनपछि यहाँका विद्यार्थीले उच्च तहमा अध्ययनका लागि स्थापित स्वदेशी तथा विदेशी विश्वविद्यालयमा सहज प्रवेश पाउने गरेका छन् । साथै, रोजगारी तथा व्यावसायिक जीवनमा पनि यहाँबाट उत्पादित जनशक्तिले सम्मानजनक जीवनयापन गरेको पाइन्छ । 

बैंक, फाइनान्सियल कम्पनी, बहुराष्ट्रिय कम्पनी, अनुसन्धान केन्द्रलगायत क्षेत्रहरू यहाँबाट उत्तीर्ण विद्यार्थीको पहिलो रोजाइमा पर्ने गरेका छन् । यस संस्थाले विद्यार्थीलाई रोजगारीका सम्भावित क्षेत्रका बारेमा जानकारी दिने, त्यसका लागि आवश्यक अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने र आवश्यक सिफारिस उपलब्ध गराउने गरेको छ । यसका अतिरिक्त रोजगारदाता संस्था, प्रतिष्ठान तथा कम्पनी यस शैक्षिक संस्थामा आएर आफैँ छनोट गरी रोजगारीमा लैजाने अभ्यास पनि छ । 

७. नयाँ शैक्षिक कार्यक्रम र योजना के–के छन् ?
अरुणिमा विद्यालयले शैक्षिक क्षेत्रमा आफ्नो पृथक् पहिचान बनाउन सफल भएको छ । विद्यालयमा हाल विज्ञान, व्यवस्थापन, मानविकी, कानुन तथा शिक्षा समूहका कार्यक्रम उत्कृष्टताका साथ सञ्चालन भइरहेका छन् । हामीले अघिल्लो वर्ष चीनको छिन्चु नेसनल युनिभर्सिटीसँग समेत विद्यार्थी आदान–प्रदानको सम्झौता गरेका छौँ । त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न संस्थासँग विद्यार्थीको हितमा हुने सम्झौता गर्दै त्यसमा विद्यार्थीलाई सहभागी गराउने योजनामा छौँ । साथै विद्यार्थी, अभिभावक तथा समाजको आवश्यकताबमोजिमका कार्यक्रमहरू थप गर्ने पक्षमा समेत विद्यालय क्रियाशील छ ।