१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ श्रावण ५ आइतबार १०:१०:००
Read Time : > 2 मिनेट
नयाँCity

कोडियाकको टप भेरियन्ट लरिन एन्ड क्लेमेन्ट

Read Time : > 2 मिनेट
२०७६ श्रावण ५ आइतबार १०:१०:००

स्कोडा साइकल निर्माता कम्पनी थियो । यो कम्पनीको स्थापना सन् १८९५ मा भएको थियो । त्यो वेला कम्पनीको नाम ‘लेरेन एन्ड क्लेमेन्ट’ थियो । संस्थापक भाक्लाभ लरेन र भाक्लभ क्लेमेन्टको नामबाट कम्पनीको नाम राखिएको थियो । सन् १९२५ मा यो कम्पनी स्कोडा वक्र्स कंग्लोमेरेटले खरिद ग¥यो र ‘स्कोडा’ नामबाट कार उत्पादन थाल्यो । यही कम्पनीले उत्पादन गरेको ‘लरेन एन्ड क्लेमेन्ट’ अहिले पारखीका लागि प्रिय छ ।

कारका पारखीले धेरै कारणले स्कोडा मन पराउँछन् । यसमा आकर्षक डिजाइन, प्रिमियम फिल, ड्राइभिङ डाइनामिक्स, क्लेभर प्याकेजिङजस्ता मुख्य विशेषता छन् । अतुलनीय डिजाइन र अभूतपूर्व फिचर मिलाएरै स्कोडाको नयाँ एसयुभी कोडियाक ‘लरेन एन्ड क्लेमेन्ट’ बनेको हो ।

कोडियाक स्कोडाको पहिलो फुल साइड सेभेन सिटर एसयुभी यो कार गत भदौमा नेपाल भित्रिएको थियो । हालै कोडियाककै सबैभन्दा माथिल्लो भेरियन्ट लरिन एन्ड क्लेमेन्ट (एलएन्डके) भर्सन नेपाल आएको छ । नेपाली विक्रेता स्कोडा एमएडब्लूले लक्जरी गाडी ल्याएको हो ।

कोडियाकको ‘लरेन एन्ड क्लेमेन्ट’ ब्याजले स्कोडाका संस्थापकको सम्झना दिलाउँछ । स्कोडा कोडियाक ‘एलएन्डके’ पाँचवटा कलरमा उपलब्ध छ, ‘लाभाब्लु’, ‘क्वार्ज ग्रे’, ‘मुन ह्वाइट’, ‘म्याजिक ब्ल्याक’ र ‘अल न्यु म्याग्नेटिक ब्राउन’ । नेपालमा कोडियाक ‘एलएन्डके’को मूल्य एक करोड ५८ लाख रुपैयाँ तोकिएको छ । 

बेजोड डिजाइन
यो कारको फेसियामा विशेषखालको क्रोम ग्रिल राखिएको छ । गाडीको स्वरूपलाई ‘आई ल्यास’जस्तो देखिने एलइडी हेडलाइट र १८ (आर) त्रिनिटी एलोई ह्विलले विशेष बनाइदिएको छ । 

पछाडिको भागमा रहेको टिपिकल ‘सी’ आकारको एलइडी टेललाइटमा क्रिस्टलाइन इलेमेन्ट छन् । पछाडि बम्परको क्रोम ट्रिमले ‘एक्जस्ट पाइप’ र ‘डिफ्युजर’लाई छुट्याएको छ । सिल्भर रुफ रेलले यसको ‘प्रिमियमनेस’लाई अझ बढाइदिएको छ । ‘फ्रन्ट विङ्स’मा राखिएको ‘एलएन्डके’ ब्याज उत्कृष्ट पेन्टिङजस्तै देखिन्छ ।

कम्फर्ट र कन्भिनियन्स
कोडियाकको सबैभन्दा विलासी भर्सन ‘एलएन्डके’मा धेरै ‘इनोभेटिभ’ फिचर राखिएका छन् । बडीका विभिन्न स्थानमा राखिएका चारवटा ‘वाइड एंगल’ क्यामेरामार्फत ३६० डिग्री ‘सराउन्ड एरिया भ्यू’ देखिन्छ । ‘ह्यान्ड फ्री पार्किङ’ छ । यसको मद्दतले ‘प्यारेरली’ वा ‘पर्पेन्डिकुलरी’ पार्क गरिराखेको गाडीको भिडमा पार्किङ गर्ने उत्तम ठाउँ पत्ता लगाउन सकिन्छ । 

‘सिम्प्लिक्लेभर’ फिचर
स्कोडा कोडियाकमा रहेका ‘सिम्प्लिक्लेभर’ फिचरले स्कोडा सधैँ ‘मोर कार’ दिन तत्पर छ भन्ने पुष्टि हुन्छ । कारको व्यावहारिक र आरामदायी सुविधाले यात्रालाई आनन्ददायी बनाइदिन्छ । 

‘डोर एज प्रोटेक्सन’ एउटा उदाहरण हो । कारको ढोका खोल्दा स्वतः एउटा ‘प्रोटेक्सन सिल्ड’ निस्कन्छ जसले ढोकाको मेटललाई भित्तामा वा साइडका कारमा सीधै ठोकिनबाट बचाउँछ भने ढोका बन्द हुँदा यो सिल्ड आफँै भित्र जान्छ । अगाडि रहेको ‘प्रोएक्टिभ इलेमेन्ट’ले फ्रन्ट बम्परमा स्क्र्याच हुनबाट जोगाउँछ । 
कोडियाक एलएन्डके ‘सिम्प्लिक्लेभर’ ‘पावर न्याप प्याकेज’ले लामो यात्राका क्रममा पछाडि बस्ने यात्रुलाई आनन्दले सुत्न सहयोग गर्छ । यसमा टाउकाको पोजिसनलाई सपोर्ट गर्ने ‘हेड रेस्ट’ र दुईवटा ब्ल्यांकेट पनि उपलब्ध छन् । 

कोडियाक ‘एलएन्डके’मा ‘डिजिटल भ्वाइस इन्ह्यान्समेन्ट’ फिचर छ । यो प्रविधिले कक्पिटमा रहेको माइक्रोफोनको सहयोगमा अगाडि र पछाडिका यात्रीबीच सहज संवाद गर्न सहयोग गर्छ । 

पावरफुल पफर्मेन्स
स्कोडा कोडियाक ‘एलएन्डके’को सुन्दरतालाई यसको आकर्षक प्रस्तुतिले साथ दिएको छ । २.० टिडिआई (अलह्विल ड्राइभ र अटोमेटिक) डिजेल इन्जिनले ११० किलोवाट (१५० पिएस) ऊर्जा र ३४० एनएम टर्क उत्पन्न गर्छ । 

इलेक्ट्रोनिक कन्ट्रोलसहितको अलह्विल ड्राइभ सिस्टमले ‘ट्र्याक्सन, स्टाबिलिटी र सेफ्टी’लाई बेजोड बनाएको छ । यसमा इलेक्ट्रिकल्ली कन्ट्रोल हुने ‘मल्टिप्लेट क्लच’समेत रहेको छ जसले कोडियाकको अफरोड क्षमतालाई बढाइदिन्छ । 

पर्याप्त सुरक्षा
यो गाडी बनाउँदा सुरक्षामा पर्याप्त ध्यान दिइएको छ । नौवटा एयरब्याग, एन्टिलक ब्रेक सिस्टम (एबिएस), इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन (इबिडी), इलेक्ट्रोनिक पार्किङ ब्रेक, हिल स्टार्ट असिस्ट, ट्र्याक्सन कन्ट्रोल, एन्टी पिचपावर विन्डो, स्पिड सेन्सिङ अटोडोर लक, चाइल्ड सेफ्टी लक, रियर वाइपर, रियर डिफगर, अटोमेटिक वाइपर, पार्किङ सेन्सर, ब्लाइन्ड स्पट मनिटर, एडाप्टिड क्रुज कन्ट्रोललगायत सुरक्षा फिचरले यो गाडी सुसज्जित छ । 

मुख्य फिचर
इन्जिन: २.० लिटर (डिजेल)
माइलेज: १६ किमी
सिट: संख्या ७
एयर: ब्याग ९
अधिकतम शक्ति: ४००० आरपिएममा, १५० एनएम
अधिकतम: टर्क ३००० आरपिएममा, ३४० एनएम
गियरबक्स: ७ स्पिड ड्वेल, क्लच अटो
टप स्पिड: १३० किमी
कलर: लाभाब्लु, क्वार्ज ग्रे, 'मुन ह् वाइट', 'म्याजिक ब्ल्याक' र 'अल न्यु म्याग्नेटिक ब्राउन'
मूल्य: १ करोड ५८ लाख रुपैयाँ