१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
माइकल बेन्सन
२०७६ श्रावण ५ आइतबार ०९:३२:००
Read Time : > 4 मिनेट
दृष्टिकोण

चन्द्रमा अवतरणमा आख्यानको भूमिका 

Read Time : > 4 मिनेट
माइकल बेन्सन
२०७६ श्रावण ५ आइतबार ०९:३२:००

निल आर्मस्ट्रङले चन्द्रमामा चालेको ‘सानो पाइला’ सम्भव बनाउन साहित्यकारको योगदान सोचेभन्दा ठूलो छ 

अधिकांश काममा उपलब्धि लामो तयारीपछि यथार्थमा रूपान्तरित हुन्छ । व्यक्तिगत र सामूहिक दुवै किसिमका उपलब्धिका हकमा यस्तो हुन्छ । केही कल्पनाको उडानमार्फत यथार्थमा रूपान्तरित हुन्छन् । एपोलो ११ चन्द्रमा अवतरण गरेको ५०औँ वार्षिकोत्सवको अवसरले  कल्पनामा आधारित छोटा कथा, उपन्यास र चलचित्रले कसरी मानवलाई अर्को संसारमा पाइला टेक्न सफल बनाए भन्ने विषयमा चिन्तन मनन गर्ने समय पनि दिन्छन् ।  

माइकल बेन्सन

आज हामीले जाने–बुझेको अन्तरिक्ष यात्रा तीन असाधारण व्यक्तित्वको योगदानका कारण अस्तित्वमा छः रुसी अन्तरिक्षयान द्रष्टा कन्स्ट्यान्टिन साइओल्कोभ्स्की, उग्र दक्षिणपन्थी राष्ट्रवादी जर्मन–ट्रान्सिल्भानियन (हाल रोमानिया) रकेट अन्वेषक हरमन ओबर्थ र सन्की अमेरिकी रकेटविद् रोबर्ट गोदार्द । यी व्यक्तित्वको रकेट विधामा रुचि उत्प्रेरित गर्नेदेखि र सुरुवाती काममा काल्पनिक उपन्यासले ठूलो प्रभाव पारेको इतिहास छ । त्यसमा पनि जुल्स भर्न र एचजी वेल्सको कथाको थप प्रभावको इतिहास भेटिन्छ । यी दुई साहित्यकारले लेख्न थालेको नयाँ विधालाई पछि ‘वैज्ञानिक आख्यान’ नाम दिइयो । सिओल्कोभ्स्की र ओबर्थले २०औँ शताब्दीको प्रारम्भमा बनेका मंगल ग्रह यात्राबारेका फिल्ममा महत्वपूर्ण योगदान गरेका थिए ।  

तीनजनामध्ये पहिलो सिओल्कोभ्स्कीले सन् १८६५ को जुल्स भर्नको उपन्यास ‘फ्रम अर्थ टु मुन’ छापिएलगत्तै पढे । त्यस उपन्यासबाट उनमा अन्तरिक्षयानको मोहको बीजारोपण भएको थियो । पुस्तकमा चन्द्रमामा रकेट प्रक्षेपण गर्नका लागि एउटा ठूलो अन्तरिक्ष–तोप चन्द्रमातर्फ फर्काएर पड्काइएको वर्णन छ, जुन प्रक्षेपण गर्दा गोलभेडाको रसमा बदलिन्छ । त्यसको विकल्प स्वरूप पछि सिओल्भ्स्कीले सुझाएको विकल्प धेरै हदसम्म आजको रकेटमा प्रयोग हुन्छ । विकल्पमा सिओल्भोस्कीले बहु–खण्ड भएको र रसायन इन्धन रहेको रकेटको कल्पना अगाडि सारे । त्यस्तो रकेटमा प्रत्येक चरणमा प्रवेश वृद्धि हुन्छ र अन्ततः अन्तरिक्षयात्रीलाई जीवत रूपमा चाहेको स्थानमा पुर्‍याउन सक्ने उनको परिकल्पना थियो । रकेटलाई पृथ्वीको कक्षबाट बाहिर हुत्याउन आवश्यक हुने ‘एस्केप भेलोसिटी’को सूत्र पनि सिओल्कोभ्स्कीले सटिक रूपमा निकाले । त्यसपछि उनले योजनाबद्ध ‘एयरलक्स’ र अन्तरिक्षयात्रीले लगाउने वस्त्रको खाका कोरे, जुन आजसम्म लगभग हुबहु नै प्रयोग भइरहेको छ । उनको पहिलो डिजाइन सन् १९०३ मा बाहिर आएको थियो । त्यही वर्ष जब राइट दाजुभाइले हवाई उडानमा सफलता प्राप्त गरेका थिए । 

यो सबैबीच, रोमानियालगायत म्युनिख र गोटिनगेनमा काम गरेर ओबर्थले अलग्गै  सीओल्कोभ्स्कीले नै अघि सारेको बहु–खण्डको रकेटको अवधारणाको खाका कोरेका थिए । त्यसको केही दशकपछि उनले रासायनिक इन्धनको अवधारणा पनि ल्याए । उनी पनि जुल्स भर्नको विज्ञान आख्यान पुस्तकबाट प्रभावित भएका थिए । उनको सुरुवाती कृति सैद्धान्तिक थियो । त्यसको तुलनामा सन् १९२० को मध्यसम्म रोबर्ट गोदार्दले भने रकेटको उडान नै गर्न थालिसकेका थिए । त्यो धेरै उन्नत नरहेको तरल इन्धनयुक्त रकेट थियो । सन् १८९९ मा एचजी वेल्सको उपन्यास ‘द वार अफ द वल्डर््स’ पढिसकेपछि उनले आफ्नो जीवन अन्तरिक्ष उडानमा समर्पित गरेका थिए । 

तीनमध्ये सिओल्कोभ्स्की आफैंले पनि विज्ञान आख्यान लेखे । त्यसलाई उनले आफ्नो नयाँ क्रान्तिकारी विचार विस्तारका लागि प्रयोग गरे । मस्कोभन्दा एक सय माइल टाढा लगभग गरिबीबीच बाँचेर उनले सैद्धान्तिक लेख बाहिर ल्याए । सन् १९११–१२ मा प्रकाशित उनको आलेखमा उनले अन्तरिक्ष युगका लागि महान् आदर्श वाक्य ल्याएका थिए– ‘पृथ्वी बौद्धिकताको उद्मगस्थल त हो, तर मानवता यहीँ सधैँ जीवित रहन सक्दैन ।’

ठूलो बजेटमा बन्ने कथानक फिल्ममा वास्तविक रकेट प्रयोग सन् १९२० को अन्त्यतिर बल्ल हुन थालेको हो । जर्मनीमा निर्देशक फ्रिट्ज ल्याङ् क्लासिक मानिने फिल्म ‘मेट्रोपोलिस’पछि नयाँ फिल्मको निर्माणबारे सोचिरहेका थिए । उनले उपन्यास ‘वुमन अन मुन’मा आधारित रहेर फिल्म बनाउने सोच बनाए । फिल्ममा प्रयोग हुने रकेट आदिबारे सुझावका लागि उनी दुईवटा रकेटका पुस्तकका लेखक ओबर्थकहाँ पुगे । 

ओबर्थले उनको प्रस्ताव स्वीकार गरे । तर, लक्ष्य उनको सिद्धान्तलाई अभ्यासमा परिवर्तन गर्नु थियो । उनले ल्याङलाई उनको स्टुडियोको पैसा लगाएर उनको सिद्धान्तलाई प्रयोगमा ल्याउनका लागि प्रस्ताव गरे । उनले यो फिल्मको प्रिमियरमा गर्दा सार्वजनिक स्टन्ट पनि हुने बताए । निर्देशक ल्याङ उनको विचारमा सहमत भए र त्यसका लागि व्यक्तिगत रकम लगाउन पनि तयार भए । तर, ओबर्थको इन्जिनियरिङ उनको सैद्धान्तिक विज्ञताजति उन्नत थिएन । सन् १९२९ मा नमुना रकेट परीक्षणका क्रममा उनको रकेट विष्फोट भयो, जसले उनको कानको जालीमा क्षति पुर्‍यायो भने उनको देब्रे आखाँमा क्षति पुग्यो । त्यस घटनाबाट अपमानित महसुस गरेर ओबर्थ बर्लिनबाट रोमानिया (ट्रन्सिल्भानिया) फर्किएका थिए । 

‘वुमन फर द मुन’को प्रदर्शन प्रतिबन्धित भयो । फिल्मका भेटिएजति सबै प्रिन्ट जफत गरियो । उद्देश्य अन्य देशले फिल्मबाट रकेटसम्बन्धी प्रेरणा नपाऊन् भन्ने थियो । सार्वजनिक दृश्यबाट ओझेलमा परेका भोन ब्राउन गोप्य सैन्य रकेट कार्यक्रममा जोडिए ।

फिल्म प्रदर्शनका क्रममा ओबर्थ उपस्थित नरहे पनि उनले ‘वुमन इन द मुन’ले रकेट विज्ञानको नयाँ विधालाई लोकप्रिय बनाउन सहयोग गरे । ओबर्थको रेखदेखमा पहिलोपटक फिल्ममा बहुखण्डको रकेट देखिइयो । फिल्ममा प्रस्तुत भएका अन्य विवरण शीतयुद्धकालीन अन्तरिक्ष दौडका धेरै कुरामा मानक बन्यो । उदारणका लागि, ल्याङले फिल्ममा तनाव सिर्जना गर्नका लागि रकेट प्रक्षेपणको काउन्टडाउन पहिलो पटक देखाएका थिए । जुन अहिलेसम्म अमेरिकाले रकेट प्रक्षेपणमा प्रयोग गर्ने गर्छ । 
ल्याङको फिल्म प्रदर्शन भइसकेपछि ओबर्थसमेत सदस्य रहेको ‘सोसाइटी आफ स्पेस ट्राभल’का बाँकी सदस्यले ओबर्थले छाडेको सामग्रीलाई प्रयोग गरेर नयाँ रकेटका लागि आधार बनाए । त्यसलाई तिनले ‘मिराक’ नाम दिएका थिए । समूहमा एक प्रतिभावान युवा इन्जिनियर वेर्नहर भोन ब्राउन थिए, जसलाई १९औँ शताब्दीमा लेखिएको कर्द लसविट्जको विज्ञान साहित्य पढेर अन्तरिक्ष विज्ञानमा रुचि बढेको थियो । 

ओबर्थको थर्स्ट च्याम्बरको विचारलाई समावेश गरेर र उनको कोणधारी मोटरको सुधारिएको संस्करण प्रयोग गरेर मिराक्स स्वरूपका विभिन्न रकेट सन् १९३१ र सन् १९३२ बीच सयौँपटक उडाइयो । सन् १९३२ अगस्टमा मिराकको एक परीक्षणका क्रममा जर्मन सेनालाई रकेटलाई हतियारको रूपमा प्रयोग गर्न सकिने विचार फुर्‍यो । त्यसको पाँच महिनामा हिटलर जर्मनीको चान्सलर भए । त्यसपछि अन्तरिक्ष यात्रा समाज प्रतिबन्धित भयो भने ‘वुमन फर द मुन’को प्रदर्शन प्रतिबन्धित भयो । फिल्मका भेटिएजति सबै प्रिन्ट जफत गरियो । उद्देश्य अन्य देशले फिल्मबाट रकेटसम्बन्धी प्रेरणा नपाऊन् भन्ने थियो । सार्वजनिक दृश्यबाट ओझेलमा परेका भोन ब्राउन गोप्य सैन्य रकेट कार्यक्रममा जोडिए । 

त्यहाँ उनले मिराक रकेटलाई ‘लञ्जर शृंखला’का रूपमा युद्धमा प्रयोग गर्न सकिने गरी विकास गर्न थाले । त्यो शृंखलाको नाम ‘एग्रेगेट’ राखिएको थियो । सोही शृंखलाको एग्रेगट–४ विश्वको पहिलो ब्यालेस्टिक मिसाइल बन्यो । त्यसलाई छोटोमा भी–२ नाम दिइएको थियो । त्यस्तै, यो अन्तरिक्षमा पुग्ने पहिलो मानव निर्मित वस्तु हो । सन् १९४४ जुनमा परीक्षणका रूपमा फायर गरिएको भी–२ एक सय आठ दशमलब पाँच माइलमाथि पुगेर पृथ्वीमा झरेको थियो । (अन्तर्राष्ट्रिय सन्धिअनुसार अन्तरिक्ष समुद्र सतहबाट ६२ माइलमाथिबाट सुरु हुन्छ)

हुनत भी–२ को उद्देश्य विज्ञानकेन्द्रितभन्दा पनि युद्धसँग जोडिएको छ । दोस्रो विश्वयुद्धमा यसलाई नाजीले शक्ति प्रदर्शनका रूपमा प्रयोग पनि गरे । तर, सन् १९४५ मा नाजी सेनाको हारपछि भोन ब्राउनले नाजी पोसाक त्यागे र अमेरिकासामु आत्मसमर्पण गरे । उनी र उनका सहकर्मी इन्जिनियरलाई धेरै प्रश्न नगरी ‘अप्रेसन पेपरक्लिप’ अन्तर्गत अमेरिका लगिए । अमेरिकामा उनले पछि आणविक हतियार बोक्न सक्ने मिसाइल, अन्तरिक्षमा पहिलो भूउपग्रह एक्सप्लोरर–१ बोक्न पुर्‍याउने रकेटदेखि सन् १९६१ मेमा पहिलो अमेरिकी अन्तरिक्षयात्री एलान सेपार्डलाई अन्तरिक्ष पुर्‍याउनसम्म प्रयोग भए ।

त्यति मात्र होइन, चन्द्रमा अवतरण गरेको पहिलो चन्द्र अभियानको लागि प्रयोग भएको स्यार्टन पाचौँ रकेट पनि भोन ब्राउनले निर्माण गरेका थिए । यो पाँच खण्डमा विभाजित रकेटले मानिसलाई पृथ्वीको कक्षबाट बाहिर लगेर सिओल्कोभ्स्की, ओर्व र गोदार्दको सपनालाई साकार बनायो । 

‘वुमन फर द मुन’को प्रदर्शन प्रतिबन्धित भयो । फिल्मका भेटिएजति सबै प्रिन्ट जफत गरियो । उद्देश्य अन्य देशले फिल्मबाट रकेटसम्बन्धी प्रेरणा नपाऊन् भन्ने थियो । सार्वजनिक दृश्यबाट ओझेलमा परेका भोन ब्राउन गोप्य सैन्य रकेट कार्यक्रममा जोडिए ।

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य

 (माइकल बेन्सन कलाकार तथा लेखक हुन् )