१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ५ आइतबार ०९:३८:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

गर्भपतनपछि स्वास्थ्यको हेरचाह कसरी गर्ने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ५ आइतबार ०९:३८:००

डा. सुमी मुनंकर्मी
स्त्रीरोग विशेषज्ञ
नेपाल नेसनल अस्पताल 

सामान्यतया गर्भ रहेको केही समयपश्चात् महिलाले आफ्नो स्वेच्छामा गर्भमा रहेको शिशु फाल्नुलाई गर्भपतन भनिन्छ । अझै पनि कतिपयलाई गर्भपतनबारे पूर्ण जानकारी छैन । नेपालमा १२ हप्तासम्मको गर्भपतन गराउन सकिने कानुनी व्यवस्था छ । हाडनाता करणी, बच्चा र आमाको ज्यान जान सक्ने खतरा तथा विशेष परिस्थितिमा भने १८ हप्तासम्मको गर्भपतन पनि गर्न पाइन्छ । 

गर्भपतन महिलाको स्वेच्छामा सुरक्षित स्वास्थ्य संस्थामा मात्र गर्नुपर्छ । तर, समयमा समाजमा बेइज्जती हुने डरका कारण कतिपयले असुरक्षित गर्भपतनको बाटो अपनाउने गरेका छन् । जसले गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्छ ।

स्वास्थ्य संस्थामा गएर अनुभवी चिकित्सकद्वारा गर्भपतन गराएमा खासै असर पर्दैन । तर, औषधिको सेवन वा अन्य विधिबाट गर्भपतन गराउँदा समस्या देखिन सक्छ । यसरी गर्भपतन गराउँदा गर्भ पूर्ण रूपमा नजान सक्छ । जसले गर्दा पछि गएर संक्रमण भई क्यान्सर हुने डरसमेत रहन्छ । 

गर्भपतनपछि अत्यधिक रगत बग्नु खतरापूर्ण हुन्छ । तसर्थ, चिकित्सकको निगरानीमा मात्र गर्भपतन गराउनु उपयुक्त हुन्छ । नियमित सरसफाइ गर्नुपर्छ । सरसफाइको अभावमा संक्रमण हुने डर हुन्छ । प्रशस्त मात्रामा पौष्टिक आहार सेवन गर्नुपर्छ । गर्भपतन गराउँदा शरीरबाट रगत बगेर जाने भएकाले कमजोर महसुस हुन सक्छ ।