मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सुवास भुसाल, संगीतकार
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ५ आइतबार ०८:५२:००
Read Time : < 1 मिनेट
नयाँCity

कथाले मागेको लैलै कठैबरी : सुवास भुसाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ५ आइतबार ०८:५२:००

संगीत क्षेत्रमा विगत १५ वर्षदेखि संघर्ष गर्दै आइरहेको छु । तर, प्रसाद फिल्मको ‘लैलै कठैबरी’ गीत हिट होला भनेर मैले सोचेको थिइनँ ।

लामो संघर्षको जस मलाई यस गीतले दियो । निर्देशक दिनेश राउत दाइले प्रसाद फिल्ममा लोकगीत राख्न खोजेपछि मसँग कुराकानी सुरु भएको थियो । उहाँले त्यसक्रममा फिल्मको
कथा सुनाउनुभयो । 

अहिले लैलै कठैबरीले गीत चिनिँदा मलाई खुसी लाग्छ

अनि, मैले गणेश शाहीले लेखेको यो गीत कम्पोज गरेँ । यो गीतको १५ वटा मेलोडीसमेत बनाएँ । उहाँले बारम्बार मलाई करेक्सन गर्न भन्नुभयो । मैले राम्रो बनाउने कोसिस गरिरहेँ । करिब दुई महिना लगाएर मैले गीतको मेलोडी तयार गरेँ । अन्तिममा उहाँले गीत ओके गर्नुभयो । अनि केतन क्षेत्रीले गीत गाउनुभयो ।

जब, लन्च भयो, रातारात हिट भयो । धेरै ठाउँबाट फोन आयो । चर्चित निर्देशक निर्माताहरूले फिल्मका गीतमा संगीतकारको भूमिका दिनुभएको छ । मलाई अहिले लै लै कठैबरीले गीत चिनिँदा खुसी लाग्छ ।