१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस काठमाडाैं
२०७६ श्रावण ४ शनिबार १७:०३:००
Read Time : > 1 मिनेट
सेयर बजार

साताको शेयर : दुई अर्बको कारोवार

Read Time : > 1 मिनेट
रासस काठमाडाैं
२०७६ श्रावण ४ शनिबार १७:०३:००

धितोपत्र बजारमा यस साता कूल एक सय ७० कम्पनीको करीब ई अर्ब रुपैयाँ बराबरको शेयर कारोवार भएको छ । आर्थिक वर्ष २०७५÷७६ को अन्तिम तीन दिन र चालू आर्थिक वर्षको दुई दिन खुलेको बजारमा कूल ८५ लाख ९९ हजार १७ कित्ता शेयर कारोवार भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार चालू आर्थिक वर्ष सुरु भएपछिको दुई दिन कारोवार मापक नेप्से उतारचढावपूर्ण अवस्थामा रह्यो । 

अघिल्लो साता अर्थात् असार २६ गते बिहीबार एक हजार दुई सय ४८ दशमलव ५३ मा पुगेर बन्द भएको कारोवार यस साताको पहिलो दिन अर्थात् आइतबार झिनो अङ्कले सुधार भयो ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ० दशमलव ९५ बिन्दुले बढेर एक हजार दुई सय ४९ दशमलव ४९ बिन्दुमा पुग्यो । 

सो दिन नेप्से सामान्य अङ्कले बढे पनि कारोवार रकम भने औशत मात्रै रह्यो । कूल एक सय ६१ कम्पनीको १० लाख ४२ हजार ६ सय ४६ कित्ता शेयर २८ करोड ५२ लाख १४ हजार पाँच सय ७२ रुपैयाँमा खरीद बिक्री भए । 

सोमबार भने करीब ४३ करोडको कारोवार भयो । कूल २९ लाख ७३ हजार आठ सय ४३ कित्ता शेयर बिक्री हुँदा दोस्रो बजारमा त्यस दिन एक सय ७० कम्पनीको शेयर कारोवार भयो । मङ्गलबार पनि कूल ३४ करोड रुपैयाँको कारोवार हुँदा एक सय ६१ कम्पनीको १९ लाख ५६ हजार ६ सय ३० कित्ता शेयर खरीद बिक्री भए । 

यस्तै बुधबार कारोवार मापक नेप्से परिसूचक लगानीकर्तालाई उत्साहित बनाउँदै दोहोरो अङ्कले वृद्धि भयो । सो दिन नेप्से परिसूचक १५ दशमलव ८५ अङ्कले बढेर एक हजार दुई सय ४७ दशमलव ८६ मा पुग्यो । नेप्से परिसूचक दोहोरो अङ्कले बढे पनि कारोवार रकम भने औशतमै सीमित रह्यो । कूल एक सय ६७ कम्पनीका १३ लाख ७५ हजार एक सय ९० कित्ता शेयर ४२ करोड ६७ लाख ४३ हजार चार सय ५८ रुपैयाँमा कारोवार भए । 

यस्तै बुधबार दोहोरो अङ्कले उकालो लागेर बन्द भएको बजारमा बिहीबार भने नेप्से परिसूचक २ दशमलव ३७ बिन्दुले घटेर एक हजार दुई सय ७२ दशमलव ४९ बिन्दुमा पग्यो । नेप्से ओरालो लागे पनि कारोवार रकम भने औशतमा रह्यो । कूल एक सय ५८ कम्पनीको १२ लाख ५० हजार सात सय ८ कित्ता शेयर ४१ करोड १३ लाख ६९ हजार दुई सय ९९ रुपैयाँमा खरीद बिक्री भए । 

बजार पूँजीकरणका आधारमा यस साता पनि वाणिज्य बैंककै बोलवाला रह्यो । पहिलो नम्बरमा नेपाल दूरसञ्चार कम्पनी कायम रहँदा नवील बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, स्ट्यार्डड चार्टड बैंक, एभरेष्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन बैंक, एनआइसी एशिया बैंक, नेपाल एसबीआइ बैंक र कृषि विकास बैंक उत्कृष्ट दशौँ स्थानमा परे । 

यस्तै यस साता विभिन्न चार कम्पनीका शेयर स्टकमा सूचीकृत भए । त्यसमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ७५ लाख ४० हजार तीन सय ५२ कित्ता हकप्रद शेयर, एनएमबी लघुवित्त वित्तीय संस्थाको दुई लाख ११ हजार तीन सय १२ कित्ता हकप्रद शेयर, नवील ब्यालेन्स फण्डको ११ करोड २० लाख एकाइ साधारण शेयर र कुमारी बैंकको कूल एक करोड ५२ लाख २१ हजार सात सय ८१ कित्ता शेयर लाभांश सूचीकृत भएका छन् ।