१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ श्रावण ४ शनिबार १५:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

बाढी पीडितको बिजोग

Read Time : < 1 मिनेट
२०७६ श्रावण ४ शनिबार १५:३४:००

रौतहटको दुर्गा भगवती गाउँपालिका ५ का बाढी पीडितले राहत पाएका छैनन् । बाढीले घर भत्काएपछि बागमतीको ड्याममाथि त्रिपालमा बस्दै आएका पीडितले खानसमेत नपाएको गुनासो गरेका छन् ।

घर भत्केपछि त्रिपालमा बस्दै आएका स्थानीय ७० वर्षीय लक्ष्छु ठाकुरले राहत नपाउँदा राम्रोसँग खानसमेत नपाएको गुनासो गरे ।  

बाढीको चपेटामा परेर घर गुमाएका पीडितको बिजोग छ । बाढीको पानी विस्तारै सुक्दै गए पनि स्थानीयको आँसु भने रोकिएको छैन् । 

गाउँपालिकाले बाढी पीडितलाई त्रिपाल मात्र बाँडेको छ । गाउँपालिका प्रमुख अरुण साहले बाढीले हरेक स्थानमा क्षति पुर्‍याएकाले एक ठाउँमा मात्र ध्यान दिन नसकिएको बताए ।