१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रासस काठमाडौं 
२०७६ श्रावण ४ शनिबार १३:३७:००
Read Time : < 1 मिनेट
समाचार

दुई दिन भारी बर्षाको संभावना 

Read Time : < 1 मिनेट
रासस काठमाडौं 
२०७६ श्रावण ४ शनिबार १३:३७:००

जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा पहिरो जान सक्ने र पहाड तथा चुरेबाट बहने खोलामा जल सहत बढ्नसक्ने भएकाले सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले शनिबार देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 
महाशाखाले विशेष बुलेटिन जारी गर्दै मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर अवस्थित भए पनि बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाको प्रभावले देशको केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको हो । 

उक्त प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । आइतबार देशभर सामान्य बदली रही देशको पूर्वी र मध्य क्षेत्रका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

त्यस्तै सोमबार देशभर आंशिकदेखि सामान्य बदली हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बाढी पूर्वानुमान महाशाखाले प्रदेश १, ३, ५ र गण्डकी प्रदेशका मध्यपहाडी तथा चुरेको भू–भागबाट बहने केही साना नदीमा आकस्मिक बहावको सम्भावना रहेकाले तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ ।