मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ४ शनिबार १३:०८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सार्वजनिक जग्गा जनताको सम्पत्ति हो : उपप्रधानमन्त्री पोखरेल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ४ शनिबार १३:०८:००

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिन सरकार दृढतापूर्वक लागेको बताएका छन् । 

सार्वजनिक जग्गा कहीँकतै अतिक्रमण भए तत्काल त्यसको सूचना सरकारलाई दिन स्थानीय तथा प्रदेश सरकारलाई उनले आग्रह गरे । सार्वजनिक जग्गा जनताको सम्पत्ति भएकाले त्यसको अतिक्रमण भए सरकारलाई सैह्य नहुने उनले बताए ।

काठमाडौं क्षेत्र नम्बर ५ मा पुनर्निर्माण गरिएको पहेँलो पुलको उद्घाटन गर्दै शनिबार उनले सार्वजनिक जग्गा अतिक्रमण जतिसुकै उच्च व्यक्तिले गरे पनि त्यसलाई सरकारले कारबाही गरेरै छाडने चेतावनी दिए ।