मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी नयाँदिल्ली
२०७६ श्रावण ४ शनिबार १०:०३:००
Read Time : < 1 मिनेट
खेलकुद

धोनीलाई सन्न्यास नलिन कपिल देवको सुझाब

Read Time : < 1 मिनेट
एजेन्सी नयाँदिल्ली
२०७६ श्रावण ४ शनिबार १०:०३:००

विश्वकप क्रिकेट समाप्त भएसँगै भारतका स्टार क्रिकेटर महेन्द्रसिंह धोनीको भविष्यलाई लिएर अनेक अड्कलबाजी भइरहेका छन् । धोनी आफैँ भने यी सबै चर्चा थाहा नपाएजसरी बसिरहेका छन् । धोनीले सन्न्यास लिनुपर्ने वा नपर्नेमा मतभेद भइरहँदा भारतीय टिमका पूर्वकप्तान कपिल देवले भने धोनीलाई सन्न्यासबारे नसोच्न सल्लाह दिएको बताएका छन् । एक अन्तर्वार्तामा कपिलले धोनीलाई सन्न्यास नलिन सल्लाह दिएको बताए । केही दिनअघि गायिका लता मंगेसकरले पनि धोनीलाई सन्न्यास नलिन आग्रह गरेकी थिइन् ।

तनाव लिनु आवश्यक छैन
कपिल देवले धोनीलाई विश्वकपका दौरान नै सन्न्यास नलिन भनेको बताए । उनले भने, ‘विश्वकपका दौरान लन्डनको एक होटेलमा मैले एक साथीसँग धोनीको नम्बर लिएँ । तर, मैले फोन गर्नुको साटो एक म्यासेज लेखेको थिएँ ।’ उनले म्यासेजबारे भने, ‘धोनी, तिमीले सन्न्यास लिन जरुरी छैन । आफ्नो दिमागलाई बढी तनाव नदिन म एक पूर्वक्रिकेटरका रूपमा आग्रह गर्छु ।’ उनले थपे, ‘१९८४–८५ मा मलाई इडन गार्डेन टेस्टमा टिमबाहिर राखिएको थियो । मैले पनि रिसमा आएर सन्न्यासबारे सोचेको थिएँ ।’

निर्णय आफैँ गर्नु राम्रो
कपिलका अनुसार धोनी आफैँले टेस्ट क्रिकेटबाट सन्न्यास लिए । त्यसैले बाँकी निर्णय पनि उनीमाथि नै छोड्नुपर्छ । ‘यदि उनले चोहेको भए १० टेस्ट अरू बढी खेल्थे । अब देशका पाँच छनोटकर्ताले उनको भविष्य तय गर्छन् भनेर कसरी भन्न सकिन्छ ? जब कि, सचिन र सुनील गवास्करजस्ता महान् क्रिकेटरले सन्न्यास कहिले लिने भनेर आफैँ निर्णय गरे,’ कपिल भन्छन्, ‘धोनीबाहेक अरूलाई उनको सन्न्यासको समय तोक्ने कसरी अधिकार हुन्छ ? त्यसैले म भन्छु, धोनीले आफैँ एक्लै बसेर ठन्डा दिमागले सोचेर फैसला गर्नुपर्छ ।’