मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ श्रावण ४ शनिबार ०७:५५:००
Read Time : < 1 मिनेट
साहित्य

इतिहाससम्बन्धी चार पुस्तक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ श्रावण ४ शनिबार ०७:५५:००

रत्न पुस्तक भण्डारले इतिहाससम्बन्धी चार पुस्तक बजारमा ल्याएको छ । एउटा नयाँ पुस्तक प्रकाशन गरेको हो भने तीनवटा पुराना पुस्तक पुनः प्रकाशन गरेको हो ।

रत्नले डा. बलराम कायस्थले लेखेको ‘मध्यकालीन भक्तपुर’ पहिलोपटक प्रकाशन गरेको हो । यसमा विसं. १२०४ देखि १८२६ सम्मको भक्तपुरको इतिहास समेटिएको छ । पाँच अध्याय भएको पुस्तकको पहिलो अध्यायमा भक्तपुरको परिचय, नामाकरण, राजनीतिक पृष्ठभूमिलगायत विषय छन् । पुस्तकमा भक्तपुरको पूर्वमध्यकालीन इतिहास, राजाहरू, सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक अवस्थालगायत विषय समेटिएका छन् ।

रत्नले चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ एवं ‘श्री ५ रणबहादुर शाह’ तथा प्राडा. श्रीरामप्रसाद उपाध्यायको ‘नेपालको इतिहास’को पुनः प्रकाशन गरेको हो । चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’को पहिलो संस्करण ०१३ सालमा प्रकाशित भएको थियो । ‘श्री ५ रणबहादुर शाह’ पुस्तकको पहिलो संस्करण भने ०२० सालमा प्रकाशन भएको थियो । 

‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’मा त्यतिवेलाको राजनीतिक व्यवस्था उल्लेख छ । अर्को पुस्तकमा रणबहादुर शाहको जीवनी समेटिएको छ । श्रीरामप्रसाद उपाध्यायको पुस्तक ‘नेपालको इतिहास’को पहिलो संस्करण ०५५ सालमा प्रकाशन भएको थियो । यो पुस्तकमा प्राचीन तथा मध्यकालीनदेखि आधुनिक कालसम्मको इतिहास समेटिएको छ ।