मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मोहन विष्ट
२०७५ मङ्सिर २९ शनिबार १६:५२:००
Read Time : < 1 मिनेट
समाचार

निर्मला हत्याकाण्ड : तीन पक्ष आन्दोलनमा 

Read Time : < 1 मिनेट
मोहन विष्ट
२०७५ मङ्सिर २९ शनिबार १६:५२:००

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरणलाई लिएर कञ्चनपुरमा तीन पक्ष आन्दोलनमा उत्रिएका छन् । निर्मलाको परिवार, नागरिक संघर्ष समिति र निर्मला हत्याकाण्डको आशंकामा पक्राउ परेका व्यक्तिका आफन्तले छुट्टाछुट्टै आन्दोलन गरिरहेका छन् ।


निर्मलाको न्यायका लागि होमिएको नागरिक संघर्ष समितिले फेरी चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । निर्मलाका परिवारले प्रशासनको मुल गेटमा धर्ना जारी राखेको छ । निर्मला हत्याकाण्डमा पक्राउ परेका प्रदिप रावल र विशाल चौधरीका आफन्तले निर्दाेषलाई पक्राउ गरेको भन्दै रिहाइको माग गर्दै आन्दोलन गरेका हुन् ।


नागरिक संघर्ष समितिका संयोजक मिना भण्डारीले सरकारले दोषी सार्वजनिक नगरेका कारण संघर्ष समितिले फेरी आन्दोलनका कार्यक्रम घोषणा गरेको बताइन् ।