१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ३ शुक्रबार १७:५१:००
Read Time : < 1 मिनेट
समाचार

केन्यामा पक्राउ परेका १२ नेपाली महिलाको उद्दार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ३ शुक्रबार १७:५१:००

वैदेशिक रोजगारीका लागि अफ्रिकी मुलुक केन्या पुर्‍याएका १२ नेपाली महिलाहरुलाई उद्धार गरी आफन्तको जिम्मा लगाएकाे प्रहरीले जानकारी दिएकाे छ । उनीहरू केन्यामा पक्राउ परेको समाचार सार्वजनिक भएपछि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले केन्यास्थित गैरआवसिय राजनीतिक मिसन, दक्षिण अफ्रिकास्थित नेपाली दुतावासलगायत संस्थाको सहकार्यमा अन्तर्राष्ट्रिय आप्रवासी संस्थाको सहयोगमा उनीहरुलाई नेपाल ल्याइएको थियाे ।

उनीहरु विभिन्न मितिमा भारत हुँदै केन्या पुगेको खुल्न आएको प्रहरीले जानकारी दिएकाे छ । केन्याको मुम्बासा शहरस्थित रङगिला डान्सबारमा केन्या प्रहरीले छापा मारी मालिकलगायत महिलालाई पक्राउ गरेको अवस्थामा उद्धार गरी नेपाल फर्काइ थियाे । प्रारम्भिक अनुसन्धानपछि अन्तर्राष्ट्रिय आप्रवासी संस्थाका प्रतिनिधिको रोहबरमा उनीलाई आफन्तकाे जिम्मा लगाएकाे हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीकाे मानज बेचबिखन अनुसन्धान ब्यूराेले जनाएको छ ।