१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ३ शुक्रबार १७:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

यातायात क्षेत्रमा हुने गुण्डागर्दी पूर्ण रुपमा नियन्त्रण हुन्छ : प्रहरी महानिरीक्षक खनाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ३ शुक्रबार १७:३१:००

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गल्ती गर्ने ट्राफिक प्रहरीमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन् । 

उनले ट्राफिक प्रहरीले गलत काम गरे तत्काल आफूलाई खवर गर्न यातायात व्यवसायीलाई आग्रह गरेका छन् । शुक्रबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले यातायात क्षेत्रमा गलत रवैया नदेखाउन ट्राफिक प्रहरीलाई सचेत गराए । जनताको लागि निःशुल्क सेवा दिन बसेको प्रहरी संगठनले यातायात क्षेत्रमा कुनै पनि खालको समस्या आउन दिन नमिल्ने प्रहरी महानिरीक्षक खनालको भनाई छ ।

प्रहरी महानिरीक्षक खनालले सडक दुर्घटना हुन नदिन सवारी चालकहरुलाई आग्रह गर्दै उनले यातायात क्षेत्रमा हुने गुण्डागर्दीलाई पूर्ण रुपमा नियन्त्रण गर्ने प्रतिवद्धता जनाए ।