१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
कवि
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ३ शुक्रबार ०८:४७:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

दैनिक ५–६ किमि दौडिन्छु : हेमन यात्री

फिटनेस संवाद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ३ शुक्रबार ०८:४७:००

म   बिहान पाँच बजे उठिसक्छु । उठेपछि दुई ग्लास पानी पिउँछु । त्यसपछि हट लेमन विद हनी खान्छु । त्यसपछि एक घन्टा जिम जान्छु । जिम नगएका वेला घरमै पनि व्यायाम गर्छु । पेटको तौल घटाउने खालको व्यायाम गर्छु । हिँड्न र दौडिन मलाई एकदमै मन पर्छ । दैनिक पाँचदेखि ६ किमिसम्म दौडिन्छु । कुद्दाकुद्दै इटहरीलाई एक फन्को मारेको पत्तै हुन्न । वेलाबखत स्विमिङ पनि जान्छु । 

खानामा यही भन्ने छैन । व्यायाम र वाकिङ धेरै गरेपछि जे खाए पनि शरीरलाई नोक्सान गर्दैन । बिहान ९ बजेअघि नै खाना खाइसकेको हुन्छु । ब्रेकफास्ट नगर्ने कारण पनि छिट्टै खाना खानुपर्ने हुन्छ । खानामा प्रायः दाल–भात–तरकारी नै हुन्छ, माछा–मासु र अन्डा पनि हुन्छ । दिउँसोको खाजा यही नै भन्ने छैन । जे पनि खाइदिन्छु । दिनभरमा करिब तीन–चार लिटरसम्म पानी पिउँछु ।