१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ श्रावण ३ शुक्रबार ०८:०४:००
Read Time : < 1 मिनेट
साहित्य

परराष्ट्रका पात्र बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ श्रावण ३ शुक्रबार ०८:०४:००

पूर्वपरराष्ट्रसचिव डा. मदनकुमार भट्टराईको पुस्तक ‘परराष्ट्रका पात्र : नेपाली कूटनीतिको सञ्चालन र सञ्चालक’ बजारमा आएको छ ।  पुरानो परराष्ट्र कार्यालयबारे थप अध्ययन र अनुसन्धान, खोजी र संहिताकरणलाई झकझक्याउन पुस्तक लेखेको डा. भट्टराईले बताए । उनले भने, ‘यो पुस्तक एक हिसाबले नेपालको परराष्ट्र कार्यालय र यसका स्रष्टा वा प्रमुख पात्रहरूको भूमिकाको व्याख्या हो ।’

कोलकातास्थित जादवपुर विश्वविद्यालयबाट नेपाल–भारत सम्बन्धमा विद्यावारिधि गरेका भट्टराईले भारतको वैदेशिक सेवाका विभिन्न पक्षको मूल्यांकन गरी महाविद्यावारिधिसमेत गरेका छन् । मुलुकको कूटनीतिक सेवामा झन्डै चार दशक बिताएका उनको यो पुस्तक विदेश अड्डाका प्रमुख सञ्चालकहरूको भूमिकावरिपरि घुमेको छ । पुस्तक किताब पब्लिसर्सले प्रकाशन गरेको हो ।