मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ पौष १९ बिहीबार १०:१२:००
Read Time : < 1 मिनेट
अर्थ

जनताका ग्राहकलाई ‘आइएमई पे’को सुविधा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष १९ बिहीबार १०:१२:००

आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र जनता बैंकबीच सहकार्य भएको छ । सहकार्यसँगै बैंकका ग्राकहले ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध हुनेछ ।

आइएमई डिजिटलका तर्फबाट प्रमुख सञ्चालन अधिकृत डेनियल डी श्रेष्ठ र जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परसुराम कुँवर क्षेत्रीले हालै सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । 

सहमतिसँगै जनता बैंकका ‘आइएमई डिजिटल’को बैंकिङ साझेदार संस्था हुनेछ । योसँगै बैंकका सेवाग्राहीले आइएमई पे वालेटमा आफ्नाे बैंक खाता लिंक गरी बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने सेवाहरू प्राप्त गर्न सक्नेछन् ।