१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ श्रावण २ बिहीबार ०८:३४:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

तनाव व्यवस्थापन गर्न गहन विश्रामको अभ्यास

Read Time : < 1 मिनेट
२०७६ श्रावण २ बिहीबार ०८:३४:००

आजभोलि अध्ययनदेखि जागिरसम्म, जहीँतहीँ छ, प्रतिस्पर्धा । यस्तो प्रतिस्पर्धात्मक र तनावपूर्ण वातावरणका कारण हाम्रो स्वास्थ्यमा समेत यसले असर पु¥याइरहेको छ । यस्ता नकारात्मक मानसिक भावनाले  हामीलाई निरास र उदासी बनाइरहेको छ । यद्यपि, हामीभित्र रहेको तनाव व्यवस्थापनका लागि गहन विश्रामको अभ्यासले राहत दिन सक्छ ।

यसरी गर्ने अभ्यास

  •  सकेसम्म दिनहुँ एकपटक विश्रामको अभ्यास गर्नु राम्रो हुन्छ । केही समयपछि बिस्तारै फाइदाको महसुस हुन थाल्छ । विश्रामको अभ्यासले शारीरिक, मानसिक र भावनात्मक आनन्द महसुस हुन थाल्छ । फलस्वरूप तनाव कम गर्न सहयोग पुग्छ ।
  •  विछ्यौनामा उत्तानो परेर सुत्ने । आँखा चिम्लेर केही समय गहिरो लामो श्वास तान्ने र छोड्ने ।
  •  त्यसपछि आफ्नो चेतनालाई खुट्टाको मांसपेशीतर्फ लैजाने । बिस्तारै उक्त भागलाई कडा पार्ने । जति सकिन्छ, आफूलाई कडा पार्ने, त्यसपछि खुकुलो छाड्ने । मांसपेसीलाई खुकुलो पार्दै जाँदा तनाव हटेर आनन्दित भएको महसुस गर्ने ।
  •  यसरी बिस्तारै अन्य अंगमा आफ्नो चेतनालाई लैजाने, कडा पार्ने र फेरि खुकुलो छाड्ने । खुट्टादेखि टाउकोसम्मको भागमा गर्दै जाने ।
  •  त्यसपछि, आनन्दले शवआसनमा केहीबेर बस्ने । यतिवेला विचार अत्यन्त कम हुने भएकाले कसै–कसै निद्रा पनि पर्न सक्छ । तर, चेतनालाई कायम गरी राख्न सकेमा योगनिद्राको अवस्थामा पुग्न सकिन्छ । जसले स्वास्थलाई फाइदा गर्नुका साथै चेतनालाई पनि रूपान्तरण गर्न सक्छ । त्यसैले, अध्यात्ममा योगनिद्राको महत्वबारे धेरै चर्चा गरिन्छ ।