१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ पौष १९ बिहीबार ०९:३७:००
Read Time : < 1 मिनेट
सप्तरंग

भिलेनको कार्यक्रममा शिल्पाको टोपी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष १९ बिहीबार ०९:३७:००

अभिनेत्री शिल्पा पोखरेलले आफ्नो प्रदर्शोन्मुख फिल्म भिलेनका कलाकार तथा सञ्चारकर्मीलाई ढाका टोपी पहिर्‍याइदिएर टोपी दिवस मनाएकी छिन् । उनले मंगलबार राजधानीमा आयोजित फिल्मको प्रेसमिट कार्यक्रममा उपस्थित सबैलाई टोपी लगादिइनन् मात्र, आफूले पनि टोपी लगाइन् । 

पुस २७ गते प्रदर्शन हुने भिलेनमा शिल्पा मुख्य भूमिकामा छिन् । फिल्म प्रदर्शनको मिति नजिकिँदै जाँदा निर्माण पक्षले प्रचारप्रसारलाई तीव्रता दिएको छ । फिल्ममा शिल्पाका साथमा निखिल उप्रेती, निशा अधिकारी, कपिल खत्रीलगायत कलाकारले अभिनय गरेका छन् । देवेन्द्र पाण्डेले निर्देशन गरेको फिल्मको निर्मातामा सुरज खड्का र दीपक श्रेष्ठ छन् ।