सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ श्रावण १ बिहीबार
  • Thursday, 16 July, 2020
२०७६ श्रावण १ बुधबार १७:२२:००
मल्टिमिडिया

फूलमा सजिएको रारा (फोटो फिचर)

२०७६ श्रावण १ बुधबार १७:२२:००

कर्णाली प्रदेशकै मुख्य पर्यटकीय स्थल रारा ताल वरिपरी अहिले अनेकौं रंगीचंगी फूलले ढाकिएको छ ।  किनार ढाकेर फुलेका फूलले राराको सौन्दर्य बढाएको छ । तालमा करिब १ सय बढी प्रजातीका फूलहरु फूल्छन ।  

बैशाखदेखि भदौको दोस्रो सातासम्म रारा किनार फुलले ढाकिएका हुन्छन् । रारा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लाल बहादुर भण्डारीले फूल फूलेको बेला राराको सौन्दर्यमा पर्यटक मोहित हुने गरेको बताए । राराको सुन्दरता नियाल्न ताल क्षेत्रमा ३ वटा भ्यु टावर निर्माण गरिएको छ । 

रारालाई सफा राख्न नेपाली सेनाले महिनाको २ पटक नियमित सरसफाइ गर्दै आएको छ ।