मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
एजेन्सी  नयाँ दिल्ली
२०७६ श्रावण १ बुधबार १४:१२:००
Read Time : < 1 मिनेट
खेलकुद

सचिनले सुझाए ‘बाउन्ड्री काउन्ट’को विकल्प

Read Time : < 1 मिनेट
एजेन्सी  नयाँ दिल्ली
२०७६ श्रावण १ बुधबार १४:१२:००

निर्धारित ५० र सुपर ओभरमा समेत बराबरी भएपछि धेरै ‘बाउन्ड्री’ प्रहार गरेका आधारमा विश्वकप क्रिकेट २०१९ को आइतबार राति सम्पन्न न्युजिल्याण्डविरुद्धको फाइनल खेलमा इङल्याण्ड विजयी बन्यो । तर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) को ‘बाउन्ड्री काउन्ट’ नियमबारे अहिले पनि बहस भइरहेको छ । 

क्रिकेटका दिग्गज, जानकारमात्र होइन, बलिउड सुपरस्टार अमिताभ बच्चनसमेतले यो नियमको आलोचना गरेका छन् । भारतीय क्रिकेटरहरु रोहित शर्मा, युवराज सिंह, गौतम गम्भीर लगायतले यो नियम अनुचित भएको बताइसकेका छन् । 

क्रिकेट लिजेन्ड सचिन तेन्दुलकरलाई पनि यो नियम मन परेको छैन । उनले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिललाई यसको विकल्प सुझाएका छन् । 

‘मलाई लाग्छ सुपर ओभरमा पनि बराबरी भए बाउन्ड्रीको संख्याका आधारमा नतिजा दिनुभन्दा अर्को सुपर ओभर खेलाइनु उचित हुन्छ । विश्वकपको फाइनलमात्र होइन, सबैमा यो नियम उपयुक्त हुन्छ । किनकि, हरेक खेल महत्वपूर्ण हुन्छन्,’ सचिनको भनाई छ ।