मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७५ पौष १९ बिहीबार ०८:५३:००
Read Time : < 1 मिनेट
सप्तरंग

रणवीरको सिम्बाले  नघायो सय करोडको आँकडा

Read Time : < 1 मिनेट
२०७५ पौष १९ बिहीबार ०८:५३:००

यस हप्ता रिलिज भएको रणवीर सिंहको फिल्म ‘सिम्बा’ले शाहरुख खानको ‘जिरो’लाई पछि पारेको छ । रणवीरको फिल्म रिलिज भएको पाँच दिन भएको छ । तर, फिल्मले सय करोडको आँकडा पार गरिसकेको छ । उता, साहरुख खानको फिल्म ‘जिरो’ले भने ११ दिनमा जम्मा ८६ करोड भारु संकलन गरेको छ । 

रणवीरको ‘सिम्बा’ २८ डिसेम्बरमा रिलिज भएको थियो । सुरुवातदेखि नै फिल्मले बक्स अफिसमा राम्रो पकड जमायो । फिल्मको बजेट ८० करोड भारु हो । फिल्मले जम्मा पाँच दिनमै लगानी बजेट निकाल्यो ।

भारतीय फिल्म समीक्षक रमेश बालाले नयाँ वर्षको पहिलो दिन ट्विट गर्दै यसबारे जानकारी दिएका हुन् । बालाले ट्विटरमा लेखेका छन्, ‘सिम्बा फिल्मले सोमबार अर्थात् ३१ डिसेम्बरमा २२ करोड कलेक्सन गरेको छ । फिल्मले सय करोडको कलेक्सन गरिसकेको छ ।’ सिम्बा साउथ इन्डियन फिल्म टेम्परको रिमेक हो । फिल्ममा रणवीर सिंहका साथमा साराअली खान र सोनु सुद मुख्य भूमिकामा छन् ।