मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ श्रावण १ बुधबार ११:११:००
Read Time : < 1 मिनेट
नयाँCity

गायक नभएको भए अफगानिस्तान जाने योजना थियो  : मीन गुरूङ

Read Time : < 1 मिनेट
२०७६ श्रावण १ बुधबार ११:११:००

एक वर्षसम्म काठमाडौंमा बसेर अफगानिस्तान जाने सपना देखिरहेँ । तर, कम्पनीले उडाउन सकेन । अनि जागिर खोजेँ । जागिरबाट बचेको समयलाई गीत–संगीतमा लगाएँ । 

०६० सालतिर ब्रिटिस लाहुरेमा भर्ती हुन तनहुँबाट पोखरा पुगेको थिएँ । अन्तिम चरणमा पासआउट गर्न सकिनँ । त्यसपछि विदेश जाने सोच आयो । खाडी जान पनि मन लागेन । अफगानिस्तान जान्छु भनेर घरपरिवारलाई फकाएँ । नेपालमा ०६२ तिर अफगानिस्तान जाने युवाहरूको लर्को थियो । म पनि त्यस्तै रहरका साथ काठमाडौं आएँ । 

एक वर्षसम्म काठमाडौंमा बसेर अफगानिस्तान जाने सपना देखिरहेँ । तर, कम्पनीले उडाउन सकेन । अनि जागिर खोजेँ । पेप्सीको डिपोमा तीन वर्ष सर्भिस गरेँ । जागिरबाट बचेको समयलाई गीत–संगीतमा लगाएँ । पहिलो एक वर्षसम्म प्रकाश गुरुङ र त्यसको केही समयपछि ‘गुरुदेव कामत’सँग शास्त्रीय संगीत सिकेँ । त्यसपछि गीत–संगीतमा केही गर्ने हुटहुटीले मलाई सधैँ तानिरह्यो । अझै केही सिक्नुपर्छ भन्ने लागेपछि श्री चण्डीप्रसाद काफ्लेसँग ६ वर्षसम्म संगीत सिकेँ । बल्ल स्टुडियोमा गाउन सक्ने हिम्मत आयो । त्यसपछि मैले पहिलो एल्बम ‘सिम्बोल’ निकालेँ । जसमा पाँचवटा गीत छन् । ‘प्रेम हो कि..., मुग्लिन पारी..., फेबिकोल...’ जस्ता गीतले मलाई चिनाए । अहिले ‘बुढेसकालको लौरी’ बोलको गीत दर्शकले मन पराइदिनुभएको छ । यस गीतमा बिना भट्टराईले मलाई स्वरमा साथ दिनुभएको छ । 

भोलिका दिनमा पनि यसरी नै गीत–संगीतमा काम गर्न पाए हुन्थ्यो । परिवार खुसी छन् ।