१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
एजेन्सी  नयाँ दिल्ली
२०७६ असार ३१ मंगलबार १७:३९:००
Read Time : < 1 मिनेट
खेलकुद

सचिन तेन्दुलकरको उत्कृष्ट ११ मा परेनन् महेन्द्रसिंह धोनी 

Read Time : < 1 मिनेट
एजेन्सी  नयाँ दिल्ली
२०७६ असार ३१ मंगलबार १७:३९:००

विश्वकप क्रिकेट २०१९ को समाप्तीसँगै अन्तर्राट्रिय क्रिकेट काउन्सिलले उत्कृष्ट ११ खेलाडीको सूची निकालेको छ । त्यसअघि र पछि पनि क्रिकेट मामिलाका जानकारहरुले आ-आफ्नो उत्कृष्ट ११ को सूची सार्वजनिक गर्ने क्रम जारी छ । 

आइसीसीको टोलीमा रोहित शर्मा र जसप्रित बुमराह गरी २ जनामात्र भारतीय खेलाडी परेकोमा क्रिकेट लिजेन्ड सचिन तेन्दुलकरले ५ भारतीय खेलाडी समावेश गरी उत्कृष्ट ११ को सूची सार्वजनिक गरेका छन् । तर सचिनको सूचीमा भारतीय टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीको नाम छैन । 

सचिनको सूचीमा भारतका रोहित शर्मा, विराट कोहली, जसप्रित बुमराह, रविन्द्र जडेजा  र हार्दिक पाण्ड्या छन् । अन्य खेलाडीमा केन विलियम्सन, सकिब अल हसन, मिचेल स्टार्क, जोनी बेयरस्टो, बेन स्टोक्स र जोफ्रा आर्चर छन् । सचिनले टोलीको कप्तानका रुपमा भारतीय कप्तान विराटको साटो विलियम्सनलाई रोजेका छन् ।