मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी  मुम्बइ
२०७६ असार ३१ मंगलबार १५:१६:००
Read Time : < 1 मिनेट
सप्तरंग

अमिताभ बच्चनले यसरी गरे आइसीसीको ‘बाउन्ड्री काउन्ट’ नियममाथि व्यङ्ग्य

Read Time : < 1 मिनेट
एजेन्सी  मुम्बइ
२०७६ असार ३१ मंगलबार १५:१६:००

निर्धारित ५० र सुपर ओभरमा समेत बराबरी भएपछि धेरै ‘बाउन्ड्री’ प्रहार गरेका आधारमा विश्वकप क्रिकेट २०१९ को आइतबार राति सम्पन्न न्युजिल्याण्डविरुद्धको फाइनल खेलमा इङल्याण्ड विजयी बन्यो ।

तर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) को नियम र खेलका दौरान अम्पाएरले इङल्याण्डलाई एक रन बढी दिएको विषय भने अहिले पनि विवाद र चर्चामा छ । 

आइसीसीको ‘बाउन्ड्री काउन्ट’ नियमको चौतर्फी आलोचना भएको छ । यस्तोमा बलिउड सुपरस्टार अमिताभ बच्चनले समेत रोचक शैलीमा आइसीसीको नियमको आलोचना गरेका छन् । 

अमिताभ बच्चनले ट्विट गर्दै भनेका छन्, ‘तपाईसँग पनि २ हजार रुपैयाँ, मसँग पनि २ हजार रुपैयाँ । तपाईसँग २ हजारको एउटा नोट, मसँग ५ सयको ४ वटा नोट । को धेरै धनी ? आइसीसी– जोसँग ५ सयको ४ वटा नोट छ, उही ज्यादा धनी । प्रणाम गुरुदेव ।’