१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी  इङल्याण्ड
२०७६ असार ३१ मंगलबार १४:३८:००
Read Time : < 1 मिनेट
खेलकुद

न्युजिल्याण्डलाई सह-विजेता घोषणा गर्न प्रशिक्षक स्टिडको आग्रह

Read Time : < 1 मिनेट
एजेन्सी  इङल्याण्ड
२०७६ असार ३१ मंगलबार १४:३८:००

निर्धारित ५० र सुपर ओभरमा समेत बराबरी भएपछि धेरै ‘बाउन्ड्री’ प्रहार गरेका आधारमा विश्वकप क्रिकेट २०१९ को आइतबार राति सम्पन्न न्युजिल्याण्डविरुद्धको फाइनल खेलमा इङल्याण्ड विजयी बन्यो । तर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) को नियम र खेलका दौरान अम्पाएरले इङल्याण्डलाई एक रन बढी दिएको विषय भने अहिले पनि विवाद र चर्चामा छ । 

यस्तोमा न्युजिल्याण्डका प्रमुख प्रशिक्षक गेरी स्टिडले विश्वकपको उपाधी फाइनल खेलेका दुवै देशलाई साझा रुपमा बाँड्ने सम्बन्धमा पुनर्विचार गर्न आइसीसीसमक्ष आाग्रह गरेका छन् ।

‘सात हप्ता लामो खेल खेलिसकेपछि सायद फाइनल खेलको एक दिनलाई अलग राखेर हेर्न मिल्दैन । थुप्रै कुराहरु पुनर्विचार गर्नुपर्ने देखिएको छ । उपाधी साझा रुपमा बाँड्नु उचित हुन्छ,’ इएसपीएन क्रिकइन्फोसँगको कुराकानीमा स्टिडले भनेका छन् ।