मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार ३० सोमबार २१:५०:००
Read Time : < 1 मिनेट
समाचार

एपेक्समा एक दिने भानु महोत्सव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार ३० सोमबार २१:५०:००

२०६ औं भानुजयन्तीका अवसर पारेर भानु प्रतिष्ठान तथा एपेक्स लाइफ स्कुल, सरस्वतीनगरले संयुक्त रूपमा एक दिने भानु महोत्सव सम्पन्न गरेको छ । 

प्रतिष्ठानका अध्यक्ष प्रा.डा. व्रतराज आचार्यको सभापतित्वमा र वरिष्ट समालोचक डा.तुलसी भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न यस महोत्सवमा युवा साहित्यकार महेश पौडेललाई नगद पुरस्कारसहित सम्मान गरेको छ । सीता भट्टराई, डा. नवराज लम्साल, गोपाल अस्क, ऋषभदेव घिमिरे, जनार्दन अधिकारी, बलराम दाहाल, सुदेश सत्याल, देवी बराल, भैरवी ढुङ्गाना आदि कविहरूबाट आप्mना रचना वाचन गरेका थिए । 

कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूले रामायणका श्लोक वाचन गरेका थिए । विद्यालयकी शिक्षिका चण्डिका भेटवालको निर्देशनमा विद्यार्थीहरूद्वारा अभिनित बाल नाटक आकर्षक र सन्देशमूलक बनेको थियो । संस्कार, संस्कृति र शिक्षाका बारेमा विद्यालयका छात्रहरूले आप्mना विचार प्रकट गरेको विद्यालयका निर्देशक सुवास न्यौपानेले बताए ।