मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ असार ३० सोमबार २०:३४:००
Read Time : < 1 मिनेट
समाचार

विदेशमा बसेर सामाजिक सञ्जालको दुरुपयोग गर्ने गुरुङ इन्टरपोल डिफ्यूजन नोटिसपछि पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ असार ३० सोमबार २०:३४:००

विदेशमा बसि सामाजिक सञ्जालमार्फत महिला माथि हिंसा गर्ने गोरखा मानवु-५ माझगाँउवेशीका २४ वर्षीय सुरेश गुरुङलाई प्रहरीले इन्टरपोल डिफ्यूजन नोटिस जारी गरी पक्राउ गरेको छ । 

प्रहरीका अनुसार उनलाई इन्टरपोल कतारस्थित दोहाको बोर्डर इम्मीग्रेसेन रेकर्ड विश्लेषणपछि पक्राउ गरिएको हो । पक्राउपछि उनलाई कतार प्रहरीले नेपाल फिर्ता गरेको थियो । सोही क्रममा लुकिछिपी नेपाल आएका उनलाई प्रहरीले गोंगबु मित्रनगरबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले गुरुङ थरकी एक महिलालाई सामाजिक सञ्जाल मार्फत अश्लिल म्यासेज लेखेका थिए । 

म्यासेज नलेख्न पटक–पटक भन्दा पनि उनले अर्को सामाजिक सञ्जाल इमो मार्फत उल्टै धम्की दिएका थिए । उनको हर्कदबाट अजित भएपछि पीडित कानुनी उपचारका लागि अपराध अनुसन्धान महाशाखा पुगेकी थिइन् । महाशाखा अनुसन्धानबाट उनी विदेश रहेको खुलेपछि पक्राउ गर्न नेपाल प्रहरीले डिफ्यूजन नोटिस जारी गरेको थियो । सोही क्रममा उनी पक्राउ परेको प्रहरीको भनाई छ ।