मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार ३० सोमबार २०:१३:००
Read Time : < 1 मिनेट
सप्तरंग

ज्योमो गाङ फिल्म तथा म्युजिक अवार्ड भदौमा हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार ३० सोमबार २०:१३:००

पहिलोपटक आदिबासी जनजातिहरुको भाषामा निर्माण भएका फिल्म तथा म्युजिक भिडियोलाई सम्मान गर्ने उदेश्यल ‘ज्योमो गाङ फिल्म तथा म्युजिक अवार्ड २०१९’ हुने भएको छ। 

सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अवार्डबारे जानकारी दिँदै हुकुम मल्टिमिडियाका अध्यक्ष डीबी बम्जनले अवार्डमा ०७३ देखि ०७५ सम्म निर्माण भएका फिल्म र म्युजिक भिडियोहरु मध्यबाट उत्कृष्टहरुलाई सम्मान गर्ने जानकारी दिए । अवार्ड ७ भदौमा थाइल्यान्डमा आयोजना आयोजना गर्ने उनको भनाई छ । 

नेपालमा सो अवधीमा कूल ६३ फिल्म तथा म्युजिक भिडियो निर्माण भएका छन् । ति फिल्महरु मध्यबाट उत्कृष्ट पाँच र म्युजिक भिडियोबाट उत्कृष्ट पाँच मनोनयन गरिने बम्जनले बताए । उनका अनुसार ति मध्यबाट फिल्मतर्फ कूल १६ र संगीततर्फ ११ विधालाई अवार्ड प्रदान गरिने छ । 

सोही समारोहमा चलचित्र प्राविधिक संघले गर्न लागेको नेफ्टा अवार्डको मिति समेत घोषणा गरिएकाो छ । संघका अध्यक्ष पुष्कर लामाले आगामी दशैंदेखि तिहारभित्र विदेशमै अवार्ड गर्ने तयारी भएको जनाए ।