मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
२०७६ असार ३० सोमबार १९:४८:००
Read Time : < 1 मिनेट
समाचार

मापदण्ड विपरित सञ्चालित मकवानपुरका क्रसर उद्योग बन्द गरिने

Read Time : < 1 मिनेट
२०७६ असार ३० सोमबार १९:४८:००

मापदण्ड विपरित वर्षायाममा पनि क्रसर उद्योग र बालुवा प्लान्ट संचालन गरेको पाइएपछि अनिश्चित कालका लागि बन्द गरिने भएको छ ।

आगामी आर्थिक वर्ष १ साउनदेखि जिल्लामा संचालित क्रसर उद्योग र बालुवा प्लान्ट अनिश्चित कालका लागि बन्द गर्ने ढुङ्गा, गिट्टी, बालुवा अनुगमन तथा समन्वय समितिले निर्णय गरेको हो । 

समितिका संयोजक तथा जिल्ला समन्वय समिति मकवापुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले नियम बिपरित खोलामा उत्खनन् गर्ने मोतिदान कन्ष्ट्रक्सन प्रालिलाई ७३ लाख १३ हजार रुपैया“ जरिवाना रकम उपलव्ध गराउनका लागि पत्र मार्फत ताकेता गर्नेसमेत निर्णय गरेको छ । जरिवाना रकम नतिरेमा कारबाही प्रकृया अगाडी बढाइने उल्लेख छ ।

१ साउनदेखि बन्द गर्ने निर्णय गरिएका क्रसर उद्योग र बालुवा प्लान्टहरु संघीय सरकार र प्रदेश सरकारको आवश्यक निर्देशन तथा ऐन कानून पूर्ण व्यवस्थित भएपछि प्रचलित कानूनको अधिनमा रहेर मात्र संचालन गर्न सकिने जिल्ला समन्वय समिति प्रमुख खुलालले बताए ।

मकवापुरको मध्यवर्ती क्षेत्र भित्रका प्राकृतिक श्रोत उत्खनन् गर्नका लागि संघीय सरकार र प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको उल्लेख छ । मकवानपुरमा पर्ने चुरे क्षेत्रमा वातावरणीय प्रभाव मूल्यांकन (आइइ) स्वीकृत भएपनि अर्को निर्णय नभएसम्म उत्खनन् रोक्ने र ठेक्का सम्झौतासमेत नगर्ने बैठकले निर्णय गरेको जनाइएको छ । 

मकवापुरको राक्सिराङ गाउ“पालिकाले चालु आर्थिक वर्षमा खोलाबाट उत्खनन् गरेको परिणाम सहितको विवरण जिल्ला समन्वय समिति मकवापनुरमा पेस गर्नुपर्ने निर्णय गरिएको खुलालले जानकारी दिए ।