मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
२०७६ असार ३० सोमबार १८:२२:००
Read Time : < 1 मिनेट
समाचार

काठमाडौं महानगरपालिकाका नासु घुससहित रंगेहात पक्राउ 

Read Time : < 1 मिनेट
२०७६ असार ३० सोमबार १८:२२:००

काठमाडौं महानगरपालिका कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् ।

महानगरपालिकाको समाजिक विकास विभाग, बबरमहलका नायव सुब्बा कृष्ण प्रसाद सोती घुससहित पक्राउ परेका हुन् । कार्य सम्पादन गरी रकम भुक्तानी गरे वापत उनले रकम लिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिएको टोलीले उनलाई एक लाख सात हजार रुपैयाँ घुससहित बबरमहलस्थित कार्यालयबाटै पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले बताए ।