Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी इङल्याण्ड
२०७६ असार ३० सोमबार १३:४६:००
Read Time : > 1 मिनेट
खेलकुद

अम्पाएरको गलत निर्णयले इङल्याण्डले विश्वकप जितेको पूर्वअम्पाएर टफेलको दाबी

Read Time : > 1 मिनेट
एजेन्सी इङल्याण्ड
२०७६ असार ३० सोमबार १३:४६:००

विश्वकप क्रिकेट २०१९ को उपाधी इङल्याण्डले उचालेको छ । सुपर ओभरको खेलसमेत बराबरी भएपछि धेरै ‘बाउन्ड्री’ प्रहार गरेका आधारमा न्युजिल्याण्डलाई हराउँदै इङल्याण्ड आइतबार राति सम्पन्न फाइनल खेलमा विजयी बनेको हो । 

निर्धारित ५० ओभरको खेलमा न्युजिल्याण्डले ८ ओभरको क्षतिमा २ सय ४१ रन बनाएको थियो । लक्ष्य पछ्याएको इङल्याण्डले पनि ५० ओभरमा सबै विकेट गुमाएर २ सय ४१ रन नै बनायो । 

त्यसपछि खेल सुपर ओभरमा गयो । इङल्याण्डले ६ बलमा १५ रन जोड्यो, न्युजिल्याण्डले पनि १५ रन नै बनायो । यस्तोमा निर्धारित ५० र सुपर ओभर समेत गर्दा न्युजिल्याण्डभन्दा ८ ‘बाउन्ड्री’ बढी प्रहार गरेका कारण इङल्याण्ड विजयी भयो ।

तर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) बाट ५ पटक वर्ष अम्पाएरको उपाधी पाएका सिमोन टफेलले भने निर्धारित ५० ओभरको खेलमै मैदानमा रहेका अम्पाएरको गलत निर्णयका कारण खेलको नतिजा परिवर्तन भएको जनाएका छन् ।

अस्ट्रेलियन पूर्वअम्पाएर टफेलले फक्सस्पोर्टस्लाई दिएको अन्तर्वार्तामा मैदानमा रहेका अम्पाएरले सन् १७८७ मा स्थापित मेरिलबोन क्रिकेट क्लब (एमसीसी) ले कायम गरेको नियम विपरीत निर्णय गरेको जनाएका हुन् । 

अन्तिम ३ बलमा जब इङल्याण्डलाई ९ रन चाहिएको थियो, त्यसबेला विकेटमा दौडिरहेका वेन स्टोक्सलाई आउट गर्न न्युजिल्याण्डका मार्टिन गुप्टिलले प्रहार गरेको बल गल्तीले ‘बाउन्ड्री’ लाइन छुन पुग्यो । तर त्यतिन्जेल स्टोक्सले दौडेर २ रन पुरा गरिसकेका थिए । अनि मैदानमा रहेका अम्पाएरले त्यसलाई ६ रन बराबरको मान्यता दिए । 

‘तर एमसीसी नियमअनुसार बाइड र बाउन्ड्री मान्दा त्यो ५ रनमात्र हो । ६ रन मानेर स्टोक्सलाई नै ब्याटिङमै रहन दिनु अम्पाएरको गलत निर्णय थियो,’ टफेलको भनाई छ । 

त्यसपछिका २ बलमा २ रन जोड्दै इङल्याण्डले न्युजिल्याण्डसँग बराबरी गरेको थियो । यदि त्यसलाई नियमअनुसार ५ रनको मात्र मान्यता दिएको भए बाँकी २ रन जोड्दा इङल्याण्डको मात्र २ सय ४० रन हुन्थ्यो र निर्धारित ५० ओभरको खेलमै न्युजिल्याण्डसँग १ रनले पराजित हुन्थ्यो ।