मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका महोत्तरी
२०७६ असार ३० सोमबार १३:११:००
Read Time : < 1 मिनेट
समाचार

महोत्तरी कारागार जलमग्न 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका महोत्तरी
२०७६ असार ३० सोमबार १३:११:००

लगातार ६ दिनदेखि भएको वर्षाले महोत्तरी सदरमुकाम जलेश्वरस्थित कारागार जलमग्न भएको छ । कारागार डुबानमा परेपछि थुनामा रहेकाहरूको बिचल्ली भएको छ। गहिरो ठाउँमा रहेको कारागारमा जमेको पानी निकास नहुँदा डुवान भएको हो । 

डुवानमा परेको सो कारागारमा एक सय ३५ जना क्षमताको हो । तर कारागारमा अहिले पाँच सय २८ जना छन् । कारागार भुइँतल्लामा पाँच फिट पानी भरिएपछि सबैलाई माथिल्लो तलामा सारिएको छ ।

‘कारागारमा क्षमतमा भन्दा धेरै कैदी बन्दी छन,’ कारागारका प्रमुख जेलर मकसुधन महासेठले भने, ‘अविरल वर्षाले त अस्तव्यस्त नै भएको छ।’

डुवानले कैदी बन्दीलाई सुत्न खान समस्याको भएको छ । कारागारका कर्मचारी र सुरक्षाकर्मीलाई उभिनसमेत ओभानो ठाउँ नभएको उनले बताए । सो कारागार एक सय ६३ वर्ष पुरानो हो ।रासस