१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
लक्ष्मण खनाल युएई
२०७६ असार ३० सोमबार १०:४२:००
Read Time : < 1 मिनेट
प्रवास

युएई भ्रमणको लागि दुतावासले दिदै आएको सिफारिस पत्र बन्द  

Read Time : < 1 मिनेट
लक्ष्मण खनाल युएई
२०७६ असार ३० सोमबार १०:४२:००

युएई भ्रमणको लागि नेपाली दुतावासले दिने दुतावासको सिफारिस पत्र पुर्ण रुपमा बन्द गर्ने भएको छ । नेपाली दुतावास अबुधावीले आइतवार आफ्नो वेव साइटमा एक सुचना जारी गर्दै उक्त कुरा जानकारी गराएको हो ।  सुचना मा भनिएको छ , ‘संयुक्त अरब इमिरेट्सको भ्रमणका लागि भिजिट भिसामा आउन चाहने संयुक्त अरब इमिरेट्समा  कार्यरत नेपालीहरुका नजिकका नातेदारहरु श्रीमान वा श्रीमती, आमा, बुवा, सासु, ससुरा र छोराछोरी लाई यस राजदूतावासबाट जारी गरिँदै आएको नो अब्जेक्सन सर्टिफिकेट(एनओसी) असार ३० गतेदेखि जारी नगरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिन्छ ।’

यसअघि युएईमा रहेका नेपालीहरुले आफन्तहरुलाई युएई भ्रमणमा आउनको लागि मापदण्ड तोकेर बाबु, आमा, सासु, ससुरा, छोरा, छोरी, श्रीमान र श्रीमतीको नाता प्रमाणित गरेर सिफारिस पत्र दिदै आएको थियो । भिजिट भिषामा आएर कामदारको रुपमा काम गर्ने र समस्या पर्दा उद्दारमा समस्या देखिए पछि अध्यागमनले युएईमा भिजिट भिषामा आउन रोक लगाएको थियो । 

केहि समय अघि दुतावासको सिफारिस पत्र दुरुपयोग गर्दै मोटो रकम लिएर भिजिट भिषाको सिफारिस पत्र बन्ने कुरा सञ्चार माध्यममा  आएपछि दुतावासले उक्त कदम उठाएको हो । अहिले पनि दलाललाई मोटो रकम बुझाएर सेटिङ्गमा भिजिट भिषामा युएई आउने नेपालीहरु भेटिन्छन । आइतवार दुतावासले युएईमा क्रियाशिल नेपाली राजनीतिक पार्टिका भातृ संगठनहरु र एनआरएनका प्रतिनिधिहरुलाई बोलाएर छलफल गरेको थियो । छलफल पश्चात दुतावासले उक्त निर्णय लिएको हो । अव दुतावासले युएईमा भिजिट भिषामा आउनको  लागि कसैलाई पनि सिफारिस पत्र दिने छैन ।  यो दुतावासको निर्णयले युएई घुम्नको लागि मात्र आउनेहरुका लागि झन समस्या हुने देखिन्छ ।